Friday, April 11, 2025
47.5 F
Washington DC.

यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतकी महारानी एलिजाबेथको निधनसँगै उनको जीवनसँग सम्बन्धित घटनाहरू टेलिभिजन, इन्टरनेटमा चर्चा भइरहेका छन् । यी मध्ये एउटा उनको ह्यान्डब्यागको रहस्यसँग सम्बन्धित चर्चा हो। रानीको ह्यान्डब्यागबाट कर्मचारी र सुरक्षा अधिकारीले खास संकेत पाउने गर्दथे । ती संकेतहरू के थिए र कसरी सुरक्षा अधिकारीलेहरूले रानीको ह्यान्डब्यागबाट जानकारी पाउथे , यस्तो थियो रानी एलिजाबेथको ‘ह्यान्डब्याग’ को रहस्य।

रानीले ‘ह्यान्डब्याग’ चलाएर गोप्य सन्देश दिने गर्दथिन्
रानीले आफ्नो ७० वर्षको लामो शासनकालमा विश्वका विशिष्ट व्यक्तिहरूसँग भेटघाट र अन्तरक्रियामा बिताइन्। यसक्रममा उनले एउटा नयाँ तरिका सोचिन। उनलाई कसैलाई भेट्नुअघि र भेटका दौरान आफ्नो ह्यान्डब्याग’ को संचालनबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीलेहरूलाई जानकारी दिने उपाय अपनाउन मन लाग्यो । यसका साथै , रानीको ह्यान्डब्याग चलाउने (ह्यान्डल गर्ने ) तरिकाबाट दरबारका कर्मचारी लगायत सुरक्षा अधिकारीलेहरूले कस्तो सुरक्षा सावधानी अपनाउनुपर्ने भन्ने बुझे। रानीका गोप्य सन्देशहरू हेर्दा सामान्य लाग्दथे तर धेरै व्यावहारिक पनि मानिन्छन्।

रानीले आफ्नो ‘ह्यान्डब्याग’ मा के राख्थिन ?
जानकारीका अनुसार रानीको ‘ह्यान्डब्याग’ मा चस्मा, लिपस्टिक, मेकअपका केहि सामान लगायतका अत्यावश्यक सामानहरु हुन्थे । रानीको एउटा बिचित्रको स्वभाव के थियो भने उनले आइतवार बाहेक कहिले पनि आफ्नो पर्समा नगद राख्दिनन् थिइन् । संचार माध्यमका अनुसार आइतवारका दिन चर्च जाने उनको तालिका थियो र त्यहाँ चन्दा दिन ५ वा १० पाउण्डका नोट साथमा राख्ने गर्दथिन्, यसबाहेक हप्ताको कुनै पनि दिन आफ्नो ‘ह्यान्डब्याग’ मा नगद राख्दिनन् थिइन् ।

(तस्बिर : सामाजिक सञ्जाल)

सुरक्षा अधिकारीलेले रानीको ‘ह्यान्डब्याग’ मा नजर राख्थे
महारानी एलिजाबेथले आफ्नो ‘ह्यान्डब्याग’ बाट विशेष सन्देश दिने गर्दथिन् । न्यूजवीकको द रोयल रिपोर्ट पोडकास्टको एक कार्यक्रममा बोल्ने शाही आलोचक क्रिस्टन मेङ्गरका अनुसार रानी सार्वजनिक हुँदा आफ्नो ह्यान्डब्यागलाई एक हातबाट अर्को हातमा सार्ने गर्थिन, त्यसको आसय/संकेत हुन्थ्यो छलफल सकियो । रानीको उक्त संकेत देखेर रानीले अब छलफल समाप्त गर्न चाहेको भन्ने कर्मचारीहरूले तुरुन्तै बुझ्थे ।

टेबुलमा ह्यान्डब्याग राख्दाको दोस्रो गोप्य संकेतले कर्मचारी सावधान हुन्थे। भनिन्छ कि यदि रानीले खाना खाँदा वा बैठककाक्रममा आफ्नो ह्यान्डब्याग टेबुलमा राखिन भने ५ मिनेट भित्र कार्यक्रम समाप्त गर्नु भन्ने बुज्नु पर्थ्यो । त्यसैगरी, रानीले आफ्नो ह्यान्डब्याग तल भुइँमा राखिन भने कर्मचारी सावधान हुन्थे र तुरुन्तै रानीलाई तत्काल त्यहाँबाट निकाल्ने व्यवस्था मिलाउने पर्थ्यो ।

तस्बिर: गेटी

अनुमति बिना रानीलाई छुन निषेध गरिएको थियो
रानीलाई लामो झुण्ड्याउने (ह्यान्डल भएको ) कस्टम मेड ह्यान्डब्याग मन पर्यो। त्यो किनभने रानीलाई भेट्दा वा हात मिलाउँदा लामो झुण्ड्याउन मिल्ने ह्यान्डब्याग कपडामा नअल्झिने भएकाले उनलाई मन पर्थ्यो । उनको ह्यान्डब्याग छुन निषेध गरिएको थियो। साथै, उनलाई भेटन आएकाहरुले रानीलाई देखेपछि कसैले अँगालो हाल्न नपाउने निर्देशन पनि दिइएको थियो र हात मिलाउन हात नउठाउँदासम्म कसैले छुन नहुने समेत निर्देशन दिइएको थियो।

एउटा घटना थियो जब अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामा २०११ मा पहिलो पटक महारानी एलिजाबेथ लाई भेट्न बकिंघम प्यालेसमा पुगेकी थिइन्। उनले भेटमा रानीको वरिपरि हात समातेको, रानीको पिठ्युमा राखेको देखिए पछि मिशेलमाथि शाही परम्परा तोडेको आरोप पनि लागेको थियो । यो खबरले संचार माध्यममा ठुलै चर्चा पाएको थियो । तर , रानीले अवस्थालाई महसुश गर्दै अमेरिकाकी पूर्व प्रथम महिला मिशेल ओबामाको पिठ्युमा हात राखी धाप मारेकी थिइन्।

“हामी दुबै थाकेका कारण आपसमा कुरा गर्दै थियौ”, मिशेल ओबामाले उक्त घटनाका बारेमा स्पष्ट गरेकी थिइन् । न्यानो माया र स्नेहले आफ्नो हात रानीको पिठ्युमा राख्न प्रेरित गरेको उनले बताएकी थिइन्। त्यसै समय रानीले समेत मिशेलको पिठ्युमा हात राखी धाप मारेकी थिइन्। वास्तवमा, विश्वका दुवै लोकप्रिय महिलाहरुले आपसमा स्नेह र सम्मान प्रकट गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img