Friday, April 18, 2025
75.4 F
Washington DC.

आज विश्वकर्मा जयन्ती- विश्वकर्माको पूजा किन गरिन्छ?

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्वकर्मा जयन्ती प्रत्येक वर्ष हर्षोल्लासकासाथ मनाइन्छ । नेपालमा यसपाली आज आश्विन सङ्क्रान्तिका दिन असोज १ गते तथा भारतमा सेप्टेम्वर १७ का दिन विश्वकर्मा जयन्ती मनाईन्छ। भगवान विश्वकर्मालाई पौराणिककालका प्रथम वास्तुकार मानिन्छ। विश्वकर्मा जयन्तीका दिन धातुबाट बनेका सवारी साधन, फलामे उद्योग लगायत कलकारखानामा पूजाआजा गरी मनाईन्छ ।

यस दिन मानिसहरूले भगवान विश्वकर्माको मूर्ति स्थापना गरी उहाँको पूजा गर्छन्। यस दिन भगवान विश्वकर्माको जन्म भएको हुनाले यसलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ । ब्रह्माण्डको सृष्टिकर्ता भगवान विश्वकर्माको १२ आदित्य र लोकपालका साथ ऋग्वेदमा पनि उल्लेख छ।

हिन्दू धर्मग्रन्थका अनुसार विश्वका महान् वास्तुकार विश्वकर्माले पृथ्वीमा बसोबास गर्ने मानिसहरूलाई कुनै पनि प्रकारको समस्या नपरोस् भनेर सबै प्रकारका धातुकावस्तुहरू बनाएका हुन्। यो पर्व मुख्यतया ती सबै मेसिनहरूप्रति समर्पित छ जसका कारण आज हाम्रो जीवन सहज भएको छ। विश्वकर्मा जयन्तीको शुभ अवसरमा, भारत लगायत नेपालमा विभिन्न प्रकारका धातुजन्य बस्तुहरुकोलाई पूजा गरिन्छ। यसदिन इन्जिनियर, चित्रकार, वास्तुकला, सिकर्मी जस्ता प्राविधिकहरुलेले मुख्यतया पूजा गरी मनाउने गर्दछन ।

विश्वकर्मा जयन्तीको महत्व
पौराणिक कथा अनुसार ब्रह्माले विश्वको वास्तुकारको रूपमा भगवान विश्वकर्मालाई जिम्मेवारी सुम्पनुभएको थियो। भगवान विश्वकर्माले आफ्नो कलाले धेरै दरबार, राजधानी, हतियार, विमान लगायत धेरै अचम्मका चीजहरू सिर्जना गर्नु भएको थियो । ब्रह्माजीले शेषनागको जिब्रोमा ब्रह्माण्ड राख्नु भएको थियो।

तर, शेषनागको आन्दोलनले ब्रह्माण्डलाई क्षति पुर्याउदा ब्रह्माजीले भगवान विश्वकर्मासँग यसको समाधानको आग्रह गर्नु भएको थियो । भगवान विश्वकर्माले उपाय बताउनुभयो र मेरु पर्वतलाई जलमा राखेर संसारलाई स्थिर गर्नु भयो। ब्रह्माजी भगवान विश्वकर्माको शिल्पकलाबाट धेरै प्रभावित हुनु भयो । त्यसबेलादेखि भगवान विश्वकर्मालाई पहिलो वास्तुकारको रूपमा पुजिएको थियो। यस दिन कलकारखाना र पसलहरूमा विभिन्न उपकरणको पूजा गरिन्छ।

विश्वकर्मा पूजा विधि
पूजा गर्न बिहान सबेरै उठेर औजार र मेसिनहरु सफा गर्ने । त्यसपछि विश्वकर्माको मुर्ति स्थापना गरी विधिपूर्वक पूजा गर्नुहोस्। सँगै, ‘ओम विश्वकर्माने नमः’ मन्त्रको जप गर्नुहोस् र मेसिन र उपकरणलाई पूजा गर्नुहोस्। औजार र मेसिनहरू बिना अवरोध चलिरहोस भनी भगवान विश्वकर्मासँग प्रार्थना गर्नुहोस् ।

आज पूजा गरिसकेपछि दिनभर ती सामानको प्रयोग नगर्ने चलन छ । नेपालमा विशेषत् तराईका जिल्लाहरुमा मनाइने विश्वकर्मा पूजा यतिबेला पहाडी जिल्लामा पनि मनाइन थालेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img