spot_img
Tuesday, November 5, 2024
69.8 F
Washington DC.
spot_img

दशैँमा आशीर्वाद दिँदा भनिने श्लोक र अर्थ

सम्बन्धित समाचार

बिश्वको जुन कुनामा बसे पनी आफ्नो मात्रु सस्कृती मुटु झै प्यारो र न्यानो हुन्छ । त्यसमा पनि प्रबासी नेपालीहरुकालागी चाडपर्बको महत्व झनै बिशेष हुने गर्दछ ।

बर्ष दिनको दौड धुपका बिच तीज पर्बलाई बिदा गर्दा गर्दै आफ्नो मात्रु पर्ब- दशै र तिहार नजिक आउँदा नेपाली मन बेचैन हुन थाल्छ । नेपाली पर्ब मात्रै हुन र यसपछीका अमेरिकन पर्बहरु- हलोइन्, थ्यान्क्स गिविङ र क्रीस्मसको चटारो अर्कै छ । नेपाली मुलका हामी अबिभावकका लागी आफ्नै मात्रु पर्ब -दशै तिहार र हाम्रा सन्तानका लागी दशै तिहारका साथै थप अमेरिकि पर्बहरुको चाजोपाजो मिलाउनु हम्मे हम्मे नै पर्छ ।

नेपालीहरुको महान चाड दशै भित्रिएको छ। विदेशमा रहेकाहरु आफन्त सम्झेर नेपालको आफ्ना गाउँघर फर्कन्छन भने कोही आफ्ना अबिभावकलाई नै झिकाउने गर्दछन। परम्परागत महत्व बोकेका पर्वहरुसंग जोडिएका गीतसंगीतमा रमाउदै, नाच्दै, आफन्तहरु बिच भेट्घाट गर्दै, मिठो खादै नेपाली साँस्कृतिक महत्वलाई उजागर गर्न प्रबासी नेपालीहरु सबै एकजुट हुन्छन । पर्बका बेला बर्ष दिनको थकान मेटाउन कोही घरमै जमघट गर्छन्, तास खेल्छन त कोही आफन्त भेटन टाढा सम्म पुग्छन। तर गत साल हरु झैँ  यसपालीको अवस्था कठिन हुने पक्का नै छ। नेपालीहरुलाई अझ खसीको चटारो त छदै छ। दशैंमा खसीको मासु लिन जाने नेपाली भाषीहरुको रमिता नै लाग्छ फार्म हाउसमा। दशैंमा मासुका परिकारहरू सेकुवा, भुटन र पक्कुमा नरमाउने प्रबासी नेपालीहरु बिरलै होलान अमेरिकामा। 

नेपालीहरुलाई बिदेसमा सबै भन्दा धेरै खटकिने चिज पनि नेपाली सस्कार र संस्कृतिको अभाव नै हो। उल्लास, उत्साह, र उमङको पर्व दशै र तिहारका हरेक दिन यादै यादमा बिताउनु प्रबासी नेपालीहरुको नियती बनेको छ । आशिष दिने र लिनेको बिचमा आत्मियताको आदान प्रदान लगायत आफु भन्दा ठुलोलाई आदर र सानोलाई माया बाँड्ने अबशर पनि दशैमा प्राप्त हुन्छ । आफ्नो समय मिलाएर सकेको मनोरन्जन गर्न पछी पर्दैनन नेपालीहरु। यही अभावलाई पूर्ती गर्न सबै नेपालीहरु एक अर्काको घरमा जमघट हुने गर्छन , दुख सुखका कुरा सटासाट गर्दै मिठो मसिनो खानपीनमा भुल्ने गर्छन।

अझ अमेरिका त यस्तो देश हो जहाँ प्रत्येक नागरिकले आफ्नो धर्म, सस्कार र संस्कृतिको प्रयोग गर्न सम्बिधानले नै खुल्लारुपले स्वागत गरेकोछ । परम्परागत महत्व बोकेका यी हाम्रा पर्वहरु न त डलरले किन्न सकिन्छ न कुनै अन्य मुद्राले नै। अत: हाम्रा सस्कार, संस्कृति र चाड पर्बहरुको संरक्षण र संम्बर्दनका लागी सबै प्रबासी नेपालीहरुले एउटा अभियान थाल्न आवस्यक भै सकेकोछ। 

दशैंमा दिइने आशीर्वाद

दशैंमा दिइने आशीर्वादमा ऐश्वर्य, आयु, आरोग्य, ज्ञान आदि विषयलाई समेटिएको हुन्छ । दशैंमा दिइने आशीर्वादमा विभिन्न देवीदेवता तथा पौराणिक पात्रहरुको जस्तै गुण होस् भन्ने कामना पनि गरिन्छ ।

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

दशैंको बेला आशीर्वाद दिँदा संस्कृतको यो श्लोक धेरै प्रयोग गरिन्छ ।

यो श्लोकमा भनिएको छ– द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्, राजा दशरथको जस्तो कृति होस्, शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्, हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्, आकाशजस्तो शान्त र पराक्रमी होस्, बलरामको जस्तो बल होस्, कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्, विदुरको जस्तो ज्ञान होस्, नारायणको जस्तो कृति होस् ।

यस्तै अर्को श्लोक छ–

जयन्ती मङ्गलाकाली,
भद्रकाली कपालिनी।
दुर्गा क्षमा शिवाधात्री,
स्वाहा स्वधा नमोऽस्तुते।

जसको अर्थ हुन्छ–

ती देवी जसले सम्पूर्ण संसारलाई नै विजय गर्न सक्ने सामर्थ्य राख्दछिन्, जो हरेक अन्धकारको निदान गर्न सक्दछिन्, समयको पाबन्दीभन्दा पर रहेकी ती देवी, जो मानव खप्परको माला लगाउँदछिन् अनि हरेक प्रकारका दुखःको निदान गर्न सक्दछिन् । यो जगतको रक्षा गर्ने हे देवी ! यो तिम्रो भक्तले चढाएको भक्तिलाई स्वीकार गर, हामी तिमीलाई नमन गर्दछौं ।

दशैंको आशीर्वाद दिँदा वाचन गरिने अर्को श्लोक हो,

लक्ष्मीस्ते पंकजाक्षी निवसतु भवने भारती कण्ठदेशे।
वर्धन्तां बन्धुवर्गास्सकलरिपुगणाः यान्तु पातालमूलम्।
देशे देशे च कीर्तिः प्रसरतु भवतां दिव्यकुन्देन्दुशुभ्रा।
जीव त्वं पुत्रपौत्रैस्सकलसुखयुतैर्हायनानां शतैश्च।।

जसको अर्थ हो–

पद्माक्षी विष्णुकान्ता घरबीच सजिऊन् भारती कण्ठ माझ ।
मौलाऊन् बन्धुवर्गै सकलरिपु पुगुन् घोर पाताल आज ।।
तिम्रा सत्कीर्ति राम्रा जग-मग फिँजिऊन् देश देशै सुदिव्य ।
छोरा-छोरी बिचैमा रहनु र सुखले बाँचनू है शताब्द ।।

अन्तमा, दशै आयो, खाउला पिउला!! कहाँ बाट आउला ? चोरी ल्याउला!! धत्त पापी म त छुट्टै बसौला!! आफु र छर छिमेकीको स्वास्थको ख्याल गरी रमाइलोका साथ मनाउनु होला यो दशै। 

बिजया दशमी तथा दिपावलीको पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनु हुने समस्त नेपाली दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु! यस पावन चाडले समस्त नेपालीहरुको घरआँगनमा सुख र शान्ति छाओस ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

इलेक्टोरल कलेज: अमेरिकी राष्ट्रपति निर्वाचनको अनौठो प्रणाली र यसको प्रभाव

अमेरिकी राष्ट्रपति निर्वाचनमा धेरै पटक यस्तो देखिन्छ कि उम्मेदवारले धेरै जनमत पाएर पनि हार्छन्। यसको मुख्य कारण हो इलेक्टोरल...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img