spot_img
Saturday, November 23, 2024
50.1 F
Washington DC.
spot_img

नेपालभरी नै बालेनको ‘दबांग शैली’को लहर

सम्बन्धित समाचार

‘कर्म गर , फलको आश नगर’ ! हो , स्ट्रक्चर इन्जिनियर तथा काठमाण्डौ महानगरका युवा मेयर बालेन्द्र शाह (बालेन) आफ्नो टीमका साथ डोजर सहित महानगरका बिभिन्न स्थानहरुमा भेटिञ्छन। उनलाई हेर्न, बोल्न र सेल्फी लिन महानगरबासीहरुको ठुलो भिड लाग्ने गरेको छ। यतिबेला उनको क्रेज यति ठुलो छ कि गाइजात्रा महोत्सबताका राष्ट्रपतिको उपस्थिति हुदा हुदै ‘बालेन…….. बालेन ….. भनेर उनैलाई दर्शकहरुले खोजी रहेका थिए।

काठमाण्डौ महानगरमा बनेका अवैध संरचना हटाउने अभियान अन्तर्गत डोजर लगाई भत्काउने नगरप्रमुख बालेन्द्र शाह (बालेन) को ‘दबांग शैली’ यतिबेला हराएको टुकुचा खोला खोज्न व्यस्त छ । उनको जोश, जागर र दबांग शैलीको कार्यनीति यति ब्यापक र लोकप्रिय भएको छ कि यतिबेला देशभरी नै उनको चर्चा चुलिएको छ।

टुकुचा खोलाको खोजी:

टुकुचा खोलाको खोजीको विषय यस पहिले नउठेको होईन। धेरै पटक हराएको टुकुचाका बिषयमा चर्चा र छलफल भए तर बीचमै सेलाउनुको मूल कारण थियो बिभिन्न राजनीतिक दबाव र प्रभाव। नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला जयनेपाल हलदेखि नै गायब भएर फेरि कमलादी आसपासमा भेटिन्छ ।

अर्का तर्फ , जय नेपाल हल देखि काठमाडौं मलसम्म टुकुचा खोला नै गायब हुनु र खोला गायब भएकास्थानमा ठूला-ठूला संरचनाहरु बनाइएकाले ती संरचनाहरु भत्काई आवस्यक व्यबस्थापनका लागि तत्कालिन महानगरका प्रमूखहरुले हिम्मत गर्न सकेनन भने अर्का तर्फ ठुला शक्ति केन्द्रहरुको तारो बन्ने आशंकाले टुकुचाको खोजी हुन सकेन।

हराएको टुकुचाको उत्खनन – तस्बिर : सामाजिक संजाल

तर , महानगरमा नया युवा मेयर र उप मेयरको उपस्थितिले यसपटक विगतमा झैँ सूचना प्रकाशित गरी खोला नखोजी चुपचाप बस्ने परम्परालाई तोडेको छ। डोजर लिएर हराएको खोला खोज्न जय नेपाल हलको उत्तरतर्फको परिसरमा पुगेको महानगरको टोलीलाई सर्वत्र प्रसंसा गरियो । उक्त स्थानमा महानगरले खोला छोपिएको परम्परागत गुम्बज शैलीको नाला फेला पारेको थियो । यतिबेला हराएको टुकुचाको उत्खनन गरेको हेर्न हजारौको भिड लाग्ने गरेको छ।

टुकुचा खोला कहिले हराएको हो र त्यसमाथि को कसले अतिक्रमण गरी ठुला ठुला बिल्डिङ्ग बनाए भन्नेबारे सरकार लगायत अन्य सरोकारवालाहरुसंग तथ्याङ्क छैन। तर, हराएको टुकुचा खोलामाथि बनेका भवनहरु दर्ता गरिएका छन् र व्यक्तिको नाममा समेत जग्गाहरु दर्ता गरी सरकारले लालपूर्जा दिएको छ ।

नदीको अतिक्रमण हटाइने र छोपिएको क्षेत्र खुला गर्न महानगरले निरन्तर काम गरीरहेको मेयर बालेनका सचिवालयका एक प्रतिनिधि बताउछन। तर, खोला माथी छोपिएको संरचना भत्काउन अपनाइने कार्यविधि तथा यसमा सरोकारवाला मन्त्रालयहरुसंगको समन्वयका बारेमा महानगर अझै अस्पस्ट रहेको हाम्रो श्रोतले जानकारी दिएको छ।

५ किलोमिटर लामो टुकुचा खोला काठमाडौं महानगर भित्र बग्दछ। खोलाको उत्पतीपनी काठमाडौं महानगर भित्रै भएको हो। तर, खोलाका विभिन्न भागमा मापदण्ड विपरीत नक्सा मिचेर घर, टहरा र संरचनाहरु बनाइएका छन् । अब तोकिएको सबै बहाब क्षेत्रलाई अतिक्रमण मुक्त गर्ने मेयर बालेनको योजना छ ।

टुकुचा खोलाको खोजी पश्चात खोलामाथि बनेका ठुला ठुला संरचना हटाउने र सरकारले दिएको लालपूर्जा अनुसारका जग्गाका धनीहरुको ब्यबस्थापन गर्ने प्रक्रिया अत्यन्त जटील देखिएको बिज्ञहरु बताउछन।

अवैध संरचनामा डोजर

काठमाण्डौ महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचना भत्काउन सुचना दिई तोकिएको अवधिमा अटेरी गर्नेहरुमा डोजर चलाइसकेको छ । उनको यस कार्यको सर्वत्र प्रसंसा भएको थियो तर साना ब्यबसाय गरी खानेहरु बिचल्लीमा परेकाले उनीहरुको उचित ब्यबस्थापन गर्न मेयर बालेनलाई बिभिन्न निकायहरुले आग्रह समेत गरेका छन्।

तस्बिर: बालेन शाहको फेसबुकबाट

धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध

यसै बीच असोज १ गतेबाट महानगरले सार्वजनिक स्थलमा धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनलाई निषेध गरिएको जनाएको छ। महानगरका सार्वजनिक स्थलमा चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नशा लिने वा सेवन गर्ने कार्य पूर्ण रूपमा निषेध गरेको हो । महानगरको नियम उल्लङ्घन गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ समेतका आधारमा कानुन उल्लङ्घन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा तोकिएबमोजिमको जरिवानासमेत हुने बताइएको छ। मेयर बालेनको यो पछिल्लो अभियानले समेत ब्यापक चर्चा बटुलेको छ। बालेनको यो लोकप्रिय अभियान अन्य अभियान झैँ देशभरी नै फैलने जानकारहरु बताउछन।

तिनकुनेको समस्यामा नेताहरुप्रति कटाक्ष

मेयर बालेनले भर्खरै सामाजिक संजालमा एक पोष्ट गर्दै आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान नगरेकोमा अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ भनी माधब नेपाल तथा रास्ट्रपति लाई सोधेका छन्।

तस्बिर: बालेन शाहको फेसबुकबाट

उनले लेखेका छन् – “आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु, प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो । समस्या समाधान होस् भन्ने आशा राखेको छु ।”

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

जिममा भन्दा घरको काममा श्रीमतीलाई सहयोग गर्दा पुरूषले पाउछ धेरै स्वास्थ लाभ

दिनको कामको थकानले भरिएका उनीहरू, आयुष र प्रीति, साँझ घर फर्किए। दुवै एकअर्काको साथमा समय बिताउन चाहन्थे, तर उनीहरूको...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img