spot_img
Thursday, September 19, 2024
71.6 F
Washington DC.
spot_img

“साईलीले लगाई सारी रातो” तीजको गीत सार्वजनिक

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

भर्जिनिया, अमेरिका
आज “साईलीले लगाई सारी रातो” नामक नयाँ तीजको गीत सार्वजनिक भएको छ। यस गीतको शव्द र कम्पोजिशन सुनिल मणि दाहालको रहेको छ भने नेपाली गीत भण्डारले आफ्नो युट्यूव च्यानल मार्फत यो म्यूजिक भिडियो सार्वजनिक गरेको हो।

गीतलाई गायिका अनु ढकालले सुरिलो स्वर दिएकी छिन् भने संगीतकार विराज गौतमले यसलाई संगीतले सजाएका छन्। गीतको निर्माण समूह यस प्रकार छ:

•   गीतकार/कम्पोजिशन: सुनिल मणि दाहाल
•   गायिका: अनु ढकाल
•   संगीत एरेन्जर: विराज गौतम
•   नृत्य: तनूजा आर मगर/अनु ढकाल
•   भिडियो तथा सम्पादन: आई क्याच स्टूडियो
•   गीत निर्माण/वितरण: नेपाली गीत भण्डार, अमेरिका

गीतकार दाहालले भने, “विशुद्ध नेपाली भाकाको यो तीजको गीत हामीले आज सार्वजनिक गरेका छौं, आशा छ सबैले मन पराउनु हुनेछ। गीतमा झुम्ने, नाच्ने र रमाउने किसिमको भाका, स्वर र संगीत छ, जुन समस्त श्रोता तथा दर्शकलाई मन पर्नेछ भन्नेमा हामी पूर्ण रूपले विश्वस्त छौं। यस भिडियोमा तनूजा आर मगर र अनु ढकालको लोभलाग्दो नाँच समेत हेर्न पाइन्छ। तीजको गीत सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास गरेको छु।”

हेर्नुहोस् गीतको म्यूजिक भिडियो: साईलीले लगाई सारी रातो

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img