Saturday, July 25, 2026
82 F
Washington DC.

‘प्रेमगीत-३’ को हिन्दी संस्करणले पहिलो दिन कमायो ९२ लाख भारतीय रूपैयाँ

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा उत्साहजनक सफलता हासिल गरेको छ। सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले पहलो दिनमा ९२ लाख भारतीय रूपैयाँ (१ करोड ४७ लाख नेपाली रूपैयाँ) को कमाई गरेको तरण आदर्शले जानकारी गराएका हुन्। तरण आदर्श भारतीय ट्रेड विश्लेषकका रुपमा चिनिन्छन।

तरण आदर्शका अनुसार टिकटको दर कम भएको र सिनेमाको शो सिमिति गरिएका कारण फिल्मको कमाइ थोरै भएको हो। ‘सीमित शोका बाबजुद पनि ‘प्रेमगीत ३’ को हिन्दी संस्करणले भारतमा राम्रो व्यापार गरेको छ,’ उनले ट्विटरमा लेखेका छन्, ‘टिकटको दर कम भएका कारण फिल्मको कमाइ थोरै भएको हो। फिल्मको व्यापार २-३ दिनमा आफ्नो लयमा फर्किने छ।’ –

सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको ‘प्रेमगीत ३’ मा स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। गुरुङले फिल्मको कथा तयार पारेका हुन्।

‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ भने सन्तोष सेन, सुनिल थापा, माओत्से गुरुङ, पुस्कर कार्की, लक्ष्मी बर्देवा लगायत अन्य कलाकारहरुले अभिनय गरेका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img