Tuesday, April 8, 2025
38.2 F
Washington DC.

जी ७ द्वारा रूसलाई थप प्रतिबन्ध लगाउने घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

जी ७ का विदेश मन्त्रीहरूले युक्रेनमा युद्धका लागि आंशिक सेना परिचालन गर्ने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमपछि रूसविरुद्ध थप प्रतिबन्ध लगाउने बताएका छन्। सात समूहका मन्त्रीहरूले रूसको यस बढ्दो कदमको निन्दा गरेका छन्। यस सेनाको आंशिक परिचालन र गैरजिम्मेवार पूर्णआणविक हतियार समावेश रहेको विदेश मन्त्रीहरूद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। 

जी ७ ले अझ थप लक्षित प्रतिबन्ध पछ्याउने र रूसमाथि निरन्तर आर्थिक र राजनीतिक दबाब दिन प्रतिबद्ध रहेको संयुक्त राष्ट्रसंघ महासभाको बैठकपछि बताएका छन्।

‘हामी अध्ययन गर्नेछौं। नयाँ प्रतिबन्धात्मक उपायहरू अपनाउनेछौं’, ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले युरोपेली बैठकपछि पत्रकारसित भने। 

क्यानडा, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, इटाली, जापान र बेलायतका जी ७ मन्त्रीहरू साथै युरोपेली संघका शीर्ष कूटनीतिज्ञहरूले पनि कब्जा गरिएको डोनबासमा ‘सार्वभौम युक्रेनीभूमिमा झुटो जनमत संग्रह’ गर्ने योजनाको निन्दा गरेका छन्। एएफपी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सोमबार सेयर बजार: डाउ जोन्समा भारी गिरावटमा, तर टेक कम्पनीहरू केही हरियालीमा; चीनसँग व्यापार तनावसम्बन्धी हल्लाले लगानीकर्ता त्रसित

सोमबारको अमेरिकी सेयर बजार मिश्रित ट्रेन्डमा बन्द भएको छ। Dow Jones र S&P 500 जस्ता प्रमुख सूचकांकहरूमा उल्लेख्य गिरावट...

अन्य समाचार

- Advertisement -spot_img