spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

रुसी विद्यालयमा गोली चल्दा ११ विद्यार्थीसहित १५ जनाको मृत्यु, २४ घाइते , ११ वर्ष मुनिका बालबालिका मारिए

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसको इजेभस्क सहरको एक विद्यालयमा सोमबार एक बन्दुकधारीले गोली चलाएको छ । घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ भने २४ जना घाइते भएका छन् । मृत्यु हुनेमा ११ जना विद्यार्थी रहेका छन् । उनीहरु सबैको उमेर ११ वर्षभन्दा कम रहेको बताइएको छ । यसबाहेक दुई विद्यालयका शिक्षक र दुई सुरक्षा गार्डको पनि मृत्यु भएको छ ।

उदमुर्तियाका गभर्नर अलेक्जेन्डर ब्रेचलोभका अनुसार घटना विद्यालय सुरु भएको केही समयपछि भएको हो। अज्ञात व्यक्ति बन्दुक लिएर विद्यालयमा प्रवेश गरेको छ । चारैतिरको पर्खाल चढेर विद्यालय पुगेका कारण गार्डको नजरबाट उनी भागेको अनुमान गरिएको छ ।

ती व्यक्ति भित्र पसेपछि कक्षामा जाने बालबालिकामाथि गोली चलाउन थाले । सो क्रममा विद्यालयमा भागदौड मच्चिएको थियो । हतियारधारी सुरक्षा गार्डले आक्रमणकारीलाई घेरेपछि उनले आफूलाई पनि निधारमा गोली हानेका थिए । उनको मृत्यु भइसकेको छ ।

घटनास्थलमा पुगेको प्रहरीले इजेभस्क सहरको विद्यालय भागलाई घेरा हालेको छ । आक्रमणकारी एक्लै नभएर उनीसँगै अरु कोही हुन सक्ने प्रहरीको आशंका छ । क्षेत्रका हरेक घरमा खोजी भइरहेको छ । आक्रमणकारीको उद्देश्य के थियो भन्ने अझै खुल्न सकेको छैन ।

अहिले प्रहरी सुरक्षामा बालबालिकालाई विद्यालयबाट घर पठाइएको छ । २४ जना घाइते भएका छन् जसमा अधिकांश विद्यार्थी र शिक्षक छन् । जसमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ । गभर्नरका अनुसार आक्रमणकारीको केही समयअघि मृत्यु भएको थियो । विशेष टोलीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

संचार माध्यमका अनुसार इजेभस्क सहर रुसी राजधानी मस्कोबाट ९६० किलोमिटर टाढा छ र यो उदमुर्तिया क्षेत्रको एक भाग हो। यो क्षेत्र औद्योगिक नगरको रूपमा परिचित छ। यस सहरको जनसंख्या ६ लाख ४० हजार छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img