spot_img
Sunday, September 22, 2024
69.3 F
Washington DC.
spot_img

अमेरिकी डलरको तुलनामा पाउन्ड अहिलेसम्मकै सबैभन्दा न्यून तहमा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतको पाउन्ड स्टर्लिङ सोमबार अमेरिकी डलरको तुलनामा अहिलेसम्मकै सबैभन्दा न्यून तहमा झरेको छ। नया चान्सलर क्वासी क्वार्टेङको मिनी-बजेटमा कर कटौती र खर्च उपायहरूका कारण बेलायतको मूद्रालाई कमजोर बनाउने खतरा बढेको छ। रातभरिको व्यापारिक गतिविधिको लहरमा, १ पाउन्ड = अमेरिकी डलर १. ०४ को न्यूनतम मा झरेको थियो । यसले मूल्यको ५ % गुमाएको थियो ।

बेलायतको मुद्रा पाउन्ड स्टर्लिङ संसारको सबैभन्दा पुरानो मुद्रा हो जुन आज पनि प्रयोगमा छ। यो हाल अमेरिकी डलर र पाउन्ड बीच बराबरीमा आइ पुगेको छ। यतिखेर $.०४ सेन्ट पुन: प्राप्त गरेदेखि, १ पाउन्ड = $१. ०८ मा पुगेको छ ।

नया चान्सलर क्वासी क्वार्टेङले कर कटौती र खर्चको बजेट घोषणा गरेपछि शुक्रबारदेखि पाउन्डको मूल्य पुन ओरालो लागेकाले व्यापारीहरूलाई चिन्तित बनाएको छ।

२००७ र त्यसपछिको वित्तीय संकट पछि पाउन्ड – युयस डलरको बिचमा स्थिर गिरावटमा छ। यस वर्ष पाउन्डले आफ्नो मूल्यको २०% गुमाएको छ, यसले विगत २० वर्षमा डलरको तुलनामा यसको आधा मूल्य गुमाएको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img