spot_img
Friday, September 20, 2024
74.5 F
Washington DC.
spot_img

नेपालका तीन कम्युनिष्ट पार्टीहरुद्वारा चुनाव बहिस्कार आन्दोलनको घोषणा

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

नेपालका तीन कम्युनिष्ट पार्टीहरुले मंसिरमा हुने निर्वाचन बहिस्कार गर्दै देश भरी नै आन्दोलन गर्ने घोषणा गरेका छन् । काठमान्डौमा आईतवार आयोजित पत्रकार सम्मेलनमा आगामी कात्तिक २४ गतेदेखि चुनाव बहिस्कार गरी आन्दोलनको सुरुवात गर्ने जानकारी दिएका हुन।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा र आहुतीले नेतृत्व गरेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई बहिस्कार गर्दै निर्वाचन खारेजीकालागि आन्दोलनको घोषणा गरेका हुन् ।

उनीहरुले चुनाव बहिस्कार आन्दोलनमा सहभागीता जनाउन सार्वजनिक अपिल समेत गरेका छन् । तीन पार्टीले कामठाडौंमा २४ गते, बुटबल र इटहरीमा २६ गते, बर्दिबास र पोखरामा २८, सुर्खेत र धनगढीमा ३० गते राजनीतिक सभा गर्ने भएका छन् ।

त्यस्तै, कात्तिक २६ देखि ३० गतेसम्म तीन पार्टीले विरोध प्रदर्शन र कोणसभाको आयोजना गरेको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img