Friday, March 6, 2026
53.4 F
Washington DC.

शनिबारको पावरबल ज्याकपट कसैलाई नपरेपछि रेकर्ड $ १.९ बिलियनमा बढ्यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

शनिबार राति खोलिएको पावरबलमा कुनै पनि विजेता टिकटहरू बिक्री नभएको क्यालिफोर्निया लोटरी एसोसिएसनले जनाएको छ। यो संगै पावरबल ज्याकपट अब अनुमानित $ १.९ बिलियनमा बढेको छ।

हिजो राती खोलिएको विजयी संख्याहरू २८-४५-५३-५६-६९ थिए र पावरबल २० थियो। अर्को पावरबल ड्रइंग सोमबार खोलिने छ।

पावरबलका अनुसार, शनिबारको अनुमानित $१.६ बिलियनको पावरबल ड्र “विश्वको सबैभन्दा ठूलो लोट्टो पुरस्कार” थियो।

शनिबारको ज्याकपट, जसमा अनुमानित $७८२.४ मिलियनको एकमुष्ट नगद प्राप्त गर्न सकिने विकल्प थियो।

“गिनिज वल्र्ड रेकर्डमा सबैभन्दा ठूलो राष्ट्रिय लोटरी ज्याकपटको लागि विश्व कीर्तिमान तोड्यो,” क्यालिफोर्निया लोटरीले संख्या घट्नु अघि ट्वीट गरेको थियो।

गिनिज वल्र्ड रेकर्ड्सको “राष्ट्रिय लटरीमा सबैभन्दा ठूलो ज्याकपोट” पावरबलले जनवरी २०१६ मा सेट गरेको थियो, जब तीनवटा टिकटहरूले $१.५८६ बिलियन ज्याकपोट जितेका थिए।

पावरबल टिकटहरू प्रति खेल $ २ हो र ४५ राज्यहरू, कोलम्बिया, पोर्टोरिको र यूएस भर्जिन टापुहरूमा बेचिन्छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img