Wednesday, June 10, 2026
71.8 F
Washington DC.

थ्यांक्सगिभिङ डे २०२२: अमेरिकामा हुने संघीय बिदा, इतिहास र महत्व बारे जान्नुहोस्

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

वर्ष २०२२ को अन्त्य तिर छ र अमेरिकाका मानिसहरू पहिले नै वर्षको सबैभन्दा रमाइलो पर्वका बारेमा र आपसमा धन्यवाद आदानप्रदान गर्न योजना बनाइ रहेका छन्।

यो पर्व हरेक वर्ष नोभेम्बरको चौथो बिहीबारका दिन मनाइन्छ। यस दिन साथीभाइ र परिवारहरू रमाइलो गर्न भेला हुन्छन्। खानामा टर्की नपाएपछि पर्व अधुरो हुन्छ । समुदायका सबै सदस्यहरूलाई साझा उद्देश्यको लागि परमेश्वरलाई धन्यवाद दिनको लागि थ्यांक्सगिभिङ एक धार्मिक उत्सवको रूपमा स्थापित गरिएको मान्यता छ।

अमेरिकीले किन धन्यवाद दिवस मनाउँछन?

थ्याङ्क्सगिभिङ डे नामले नै भन्छ- धन्यवाद दिने दिन! थ्याङ्क्सगिभिङ डे भनेको वर्षको त्यो विशेष दिनमा उनीहरूले आफ्नो जीवनमा हासिल गरेका कुराहरूको लागि कृतज्ञता व्यक्त गर्दछन। मानिसहरू सँगै आउँछन्, रमाइलो गर्छन् र रातको खाना खान्छन् जहाँ विभिन्न थैंक्सगिभिङ डिशहरू दिइन्छ। ग्रेभी, स्टफिङ, मीठो आलु, क्रेनबेरी सस, गुलियो मकै, बिभिन्न फलफूल, तरकारी, स्क्वास र पंगपिंग पाई सहित मसेड आलुहरू सहित धेरै परिकारहरू बनाई खाने/खुवाउने गरिन्छ।

के थ्यान्क्सगिभिङमा संघीय छुट्टी हुन्छ?

सन १८६३ देखि धन्यवाद दिवस संयुक्त राज्य अमेरिकामा वार्षिक छुट्टीको रूपमा मनाइन्छ। राष्ट्रपति युलिसेस एस ग्रान्टले जुन २८, १८७० मा संघीय विदाकालागि कानूनमा हस्ताक्षर गरेका थिए, त्यसपछि वाशिंगटनमा वार्षिक संघीय छुट्टीको रूपमा थ्यांक्सगिभिङ स्थापना गरियो। थैंक्सगिभिङ र अन्य संघीय बिदाहरू संयुक्त राज्यका सबै संघीय कर्मचारीहरूको लागि जनवरी ६, १८६५ मा सशुल्क बिदा बन्यो ।

धन्यवाद दिवसको इतिहास

सन १७८९ मा कांग्रेसको अनुरोधमा राष्ट्रपति जर्ज वाशिंगटनले थ्यांक्सगिभिङलाई राष्ट्रिय छुट्टी घोषणा गरे देखि अमेरिकीले यो छुट्टी राष्ट्रव्यापी रूपमा मनाउदै आएका हुन । यद्यपि, तेस्रो अमेरिकी राष्ट्रपति थोमस जेफरसनले बिदा मनाउन नहुने धारणा राखेका थिए। पछि सन १८६३ मा राष्ट्रपति अब्राहम लिंकनले नोभेम्बरको अन्तिम बिहीबारलाई “धन्यवाद दिवस” को राष्ट्रिय दिन घोषणा गरेका थिए।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img