spot_img
Friday, September 20, 2024
75.8 F
Washington DC.
spot_img

अमेरिकामा लिस्टेरिया संक्रमणको प्रकोप, ६ राज्यमा फैलियो, जान्नुहोस् यो रोगका लक्षणहरु

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकामा कोरोना भाइरस, मोन्कीपक्सजस्ता महामारी अझै सकिएको छैन कि नयाँ रोगको संक्रमण फैलिएको देखिएको छ । जसका कारण मानिसहरु निकै त्रसित हुन थालेका छन् । अमेरिकाका धेरै राज्यमा लिस्टेरियाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । यो संक्रमण दूषित मासुमा पाइने बताइएको छ । श्वास्थ विज्ञका अनुसार यो खानामा पाइने ब्याक्टेरिया हो, जसका कारण यो संक्रमण फैलिन्छ ।

लिस्टेरियाको लक्षण
लिस्टेरियाबाट संक्रमित हुँदा ज्वरो, पखाला, मांसपेशी दुखाइ हुन्छ। ६५ वर्षभन्दा माथिका र गर्भवती महिलालाई यो संक्रमणको ठूलो जोखिम रहन्छ । यस बाहेक रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुलाई पनि जोखिम बढ्न सक्छ । यो रोग गर्भवती, ६५ वर्षभन्दा माथिका वा कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसहरूका लागि गम्भीर हुन सक्छ।

अमेरिकामा १६ वटा लिस्टरियाको रिपोर्ट
सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार नोभेम्बर ९ सम्ममा न्यूयोर्क, मेरील्याण्ड, न्यु जर्सी, इलिनोइस, क्यालिफोर्निया र म्यासाचुसेट्समा १६ वटा लिस्टरियाका घटनाहरू रिपोर्ट गरिएको छ। जसमा गर्भवती महिला पनि छन् । महिलामा संक्रमण भएपछि उनको बच्चाको मृत्यु भयो । योसँगै यो संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । जम्मा १३ जना अस्पताल भर्ना भएका छन् । यस रोगका सम्बन्धमा सीडीसीले संक्रमित बिरामीको संख्या अझै बढ्न सक्ने बताएको छ । संक्रमित धेरै भएको र उनीले उपचार बिना नै निको भएकाले कहिल्यै परीक्षण नगरेको जनाईएको छ।

ग्रसरी स्टोरबाट मासु र चीज किनेर खाएको रिपोर्ट
अधिकांश बिरामीले चिज वा मासु खाएको रिपोर्ट गरेका छन। न्यूयोर्कमा ७ मध्ये ५ बिरामीहरूले भनेका छन कि उनीहरूले अन्तर्राष्ट्रिय खाना बेच्ने ग्रसरी स्टोरहरूबाट खाद्य वस्तुहरू किनेका थिए। अहिले यो सङ्क्रमण एउटा राज्यमा मात्रै होइन, धेरैमा देखिएको छ । सिडिसीले भनेको छ कि बिरामीहरूबाट लिइएको नमूनाहरूमा सोही ब्याक्टेरियाबाट संक्रमित भेटिएको छ। यस्तो अवस्थामा एकै प्रकारको खानेकुराबाट मानिस बिरामी परेको बताइएको छ । हाल स्वास्थ्य अधिकारीहरूले मानिसहरूलाई मासु र चीज नखान सल्लाह दिएका छन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img