Friday, April 11, 2025
46.3 F
Washington DC.

भर्जिनियाको वालमार्टमा गोलीबारी: बन्दुकधारी सहित ७ को मृत्यु; गोली चलाउने व्यक्ति वालमार्ट कै कर्मचारी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पछिल्लो अपडेट: भर्जिनियाको वालमार्टमा गोली चलाउने व्यक्ति कर्मचारी रहेको प्रहरीले जनाएको छ।

चेसापेकका प्रहरी प्रमुख मार्क जी सोलेस्कीले बुधबार पत्रकारहरूलाई बन्दुकधारीले आत्महत्या गरेको बताएका छन् । ६ जनाको मृत्यु भएको छ भने चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

यो एउटा ताजा समाचार हो। जिएनबी को अघिल्लो समाचार निम्नानुसार छ:

चेसापीक, भर्जिनिया स्थित वालमार्टमा मंगलबार राति ब्याटलफिल्ड बुलभर्ड नजिकै भएको सामूहिक गोलीबारीमा संदिग्ध सहित ७ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

चेसापेक शहरले ” मृत्युको साथ सक्रिय गोलीबारी घटना” भन्दै पहिले ट्वीट गरेको थियो।

गोली लागेर अन्य कैयौं घाइते भएका छन् । आक्रमणकारीको मनसाय अझै अस्पष्ट छ।

प्रहरीका अनुसार गोली चलेको भवनभित्र मृत र घाइते दुवैको धेरै संख्या भेटिएको छ। स्टोरको पछाडिबाट गोली चलेको आसंका गरिएको छ । अगाडिको प्रवेशद्वार बाहिर पनि एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

राति १०:१२ बजे प्रहरीलाई गोलीबारीको रिपोर्ट गरिएको थियो । त्यसदिन मंगलबार वालमार्ट सुपरसेन्टर खुला गरिएको र नाइट शिफ्टका कामदारहरूले भर्खरै चेक इन गरेका थिए।

चेसापेक प्रहरीका प्रवक्ता लियो कोसिन्स्कीले आयोजना गरेको १२:४० बजेको प्रेस ब्रीफिंगमा धेरै अपडेटहरू प्राप्त हुन बाकि रहेको र घाइतेहरूलाई धेरै क्षेत्रीय अस्पतालहरूमा लगिएको जानकारी दिएका थिए ।

सेन्टारा नोर्फोक जनरल अस्पतालका प्रवक्ताले क्षेत्रको सबैभन्दा नजिकको स्तर १ ट्रमा सेन्टरले त्यहाँ पाँच जना बिरामीको उपचार भइरहेको संचार माध्यमलाई जानकारी दिएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बैठक कोठामा १४ जना कर्मचारी आफ्नो कामका लागि पर्खिरहेको अवस्थामा गोलीबारी सुरु भएको संचार माध्यमहरुले जनाएका छन्। त्यस दिनको घटनाका बारेमा अझै पनि प्रत्यक्षदर्शीहरु संग अधिकारीहरू जानकारी लिने काम गरिरहेका छन् ।

शूटिङ नियोजित थियो र त्यो विशिष्ट वालमार्टका अन्य प्रबन्धकहरूलाई लक्षित गरिएको आफुले आसंका गरेको प्रत्यक्षदर्शीले संचार माध्यमलाई बताएका छन् ।

बुधवार बिहान सम्म प्रहरीबाट कुनै अन्य अपडेटहरू प्राप्त नभएको तर लगभग बिहानको ८ बजे चेसपेक प्रहरीले ताजा अपडेटहरूको साथ त्यस समयमा प्रेस सम्मेलन गर्ने अपेक्षा गरिएको छ।

बन्दुकधारी को थिए भन्ने बारे प्रहरीले पुष्टि गर्न सकेको छैन। बन्दुकधारीको मृत्यु कसरी भयो र उनीहरूलाई प्रहरीले गोली हानेको हो कि भनेर अधिकारीहरूले पुष्टि गरेका छैनन्।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img