Friday, March 6, 2026
51.9 F
Washington DC.

मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल विजयी , सुजाताले थाम्न सकिनन बाबुको विरासत

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट उम्मेदवार भएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल पराजित गर्दै विजयी भएका छन । पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी कोइरालालाई एक हजार २०८ मतको अन्तरले पोखरेलले पराजित गर्दै विजयी भएका हुन् ।

पोखरेलले ३३ हजार १४८ मत ल्याइ विजयी हुँदा प्रतिद्वन्द्वी कोइरालाले ३१ हजार ९४० मत ल्याएकी छन् । विजेता पाखरेलले २०७० को संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका आमोदप्रसाद उपाध्यायलाई पराजित गरेका थिए । तर उनी २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

सुजाता कोइराला कांग्रेसका प्रभावशाली नेता तथा पूर्व प्रधानमन्त्रीसमेत रहेका गिरिजाप्रसाद कोइरालाको छोरी हुन । गिरिजाले यही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित हुँदै देशको प्रधानमन्त्रीसमेत बनेका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img