Friday, April 11, 2025
47.5 F
Washington DC.

आयोजक कतारको लगातार दोस्रो हार

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आयोजक कतारले फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार खेपेको छ । समूह ‘ए’ अन्तर्गत अल थुमामा स्टेडियममा शुक्रबार साँझ भएको खेलमा कतार सेनेगलसँग ३-१ गोलले पराजित भयो ।

लगातार दोस्रो हारसँगै कतारको अघिल्लो चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ । कतार यसअघि पहिलो खेलमा इक्वेडरसँग २–० गोलले पराजित भएको थियो ।

सेनेगलको जितमा बोउलाए डिया, फामरा डाइधिऔ र बाम्बा डिङले गोल गरे । कतारका मुहमद मुन्तारीले एक गोल फर्काएका थिए ।

सेनेगल जारी विश्वकपमा जित निकाल्ने पहिलो अफ्रिकन टोली समेत बनेको छ । सेनेगलले पहिलो खेलमा नेदरल्यान्ड्ससँग २–० गोलको हार खेपेको थियो ।

कतारविरुद्ध सेनेगलले ४१औं मिनेटमा बोउलाए डियाको गोलमा अग्रता लिएको थियो । ४८औं मिनेटमा फामरा डाइधिऔले गोल गर्दै सेनेगलको अग्रता दोब्बर बनाए ।

त्यसपछि ७८औं मिनेटमा मुहमद मुन्तारीले गोल गर्दै कतारलाई खेलमा फर्काउने प्रयास गरेका थिए । मुन्तारीको गोल विश्वकपमा कतारको लागि ऐतिहासिक पहिलो गोल हो ।

तर, ८४औं मिनेटमा बाम्बा डिङको गोल सगै सेनेगलले जित हासिल पार्यो । जितसँगै दुई खेलबाट तीन अंक बनाएको सेनेगलले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेको छ ।

तीन अंक बनाएको सेनेगल तेस्रो स्थानमा छ । समान तीन तीन अंक बनाएको नेदरल्यान्ड शीर्ष र इक्वेडर दोस्रो स्थानमा छ । अंकविहिन कतार अन्तिममा छ ।

आजै राति अर्को खेलमा नेदरल्यान्ड्स र इक्वेडर भिड्दैछन् । यदि यस खेलमा नेदरल्यान्ड्सले हार खेपेमा आयोजक कतार एक खेल अगावै बाहिरिनेछ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img