Thursday, April 17, 2025
60.6 F
Washington DC.

सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रमाण बुझाउन अदालतको आदेश

सम्बन्धित लेखहरु

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई...

Share

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । युवतीको उमेर विवाद निरुपण गर्नका लागि अस्पतालबाटै आवश्यक कागजात झिकाउन निर्देशन दिएको छ।

मंगलबार पेसीका क्रममा काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।

किशोरी नाबालिका नरहेको भन्दै सन्दीपका वकिलहरुले जन्मदर्ताको प्रमाणसहित दाबी प्रस्तुत गरेका थिए। सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो।

गत कात्तिक १४ गते एक किशोरीले दिएको जाहेरीका आधारमा प्रहरी प्रतिवेदनबाट सरकारले सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेको थियो । यसअघि कात्तिक १८ गते काठमाडौं जिल्ला अदालतले जबरजस्ती करणी आरोप लागेका क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरको इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । अदालतको आदेशबाट पुर्पक्षका लागि थुनामा पठाइएका लामिछानेको मुद्दामा मंगलबार पेशी चढेको थियो ।

अन्य पोस्टहरु:

थप सामाग्री

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ०४:०५ बजे गएको यो...

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन्। यो दिन विशेष मानिन्छ, किनभने आज...

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर...

दुर्गा प्रसाईलाई काठमाडौं ल्याइयो, १२ दिनको म्याद थप गर्न तयारी

काठमाडौं — तिनकुनेमा चैत १५ गते (मार्च २८) भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाई र उनका अंगरक्षक दीपक खड्कालाई नेपाल प्रहरीले...

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा, तोलाको १ लाख ८५ हजार रुपैयाँ पुग्यो

काठमाडौं— नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान राखेको छ। पछिल्ला केही दिनयता लगातार बढिरहेको सुनको मूल्य शुक्रबार एकैदिन तोलामा ३ हजार ९ सय...

‘दुर्गा प्रसाई पक्राउ’ विषयमा गलत समाचारप्रति नेपाल प्रहरीको खण्डन

नेपाल प्रहरीले विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। केन्द्रीय प्रहरी...