Thursday, April 23, 2026
78.7 F
Washington DC.

सर्वोच्चमा पुस २२ गते रवि लामिछानेको संसद सदस्य योग्यताबारेमा सुनुवाइ हुने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै परेको दुईवटा रिटमाथि पुस २२ गते सुनुवाइ हुने भएको छ। यसअघि पुस ६ गते संवैधानिक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। मंगलबार सार्वजनिक भएको लिखित आदेशमा अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २२ गते उपस्थित हुन भनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।

पुस २२ मा लामिछानेको सांसद सदस्य योग्यताबारे दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । बहस पश्चात अदालतले लामिछानेको सांसद सदस्य योग्यताबारे आदेश दिनेछ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img