अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकताको आधारमा उम्मेदवारी दिएकाले उनलाई सांसदका रुपमा काम गर्न नदिन माग गर्दै परेको दुईवटा रिटमाथि पुस २२ गते सुनुवाइ हुने भएको छ। यसअघि पुस ६ गते संवैधानिक इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो। मंगलबार सार्वजनिक भएको लिखित आदेशमा अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई २२ गते उपस्थित हुन भनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछानेलाई सांसदको शपथ लिन रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो। अमेरिकी नागरिकता लिएपछि निष्क्रिय भएको नेपाली नागरिकता प्रयोग गरेको भन्दै उनको सभापति पदसमेत खारेज गर्न माग गरिएको छ ।
पुस २२ मा लामिछानेको सांसद सदस्य योग्यताबारे दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । बहस पश्चात अदालतले लामिछानेको सांसद सदस्य योग्यताबारे आदेश दिनेछ।
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया