Tuesday, May 20, 2025
64.9 F
Washington DC.

अन्ततः, केभिन म्याकार्थी बने अमिरिकी तल्लो सदनको सभामुख

सम्बन्धित समाचार

अन्ततः, विपक्षी रिपब्लिकन पार्टीका उम्मेदवार केभिन म्याकार्थी अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सको ५५ औँ सभामुख निर्वाचित भएका छन् । शुक्रबार मध्यरातमा भएको ऐतिहासिक १५ औं चरणको मतदानमा ५७ वर्षीय म्याकार्थी निर्वाचित भएका हुन् । उनले न्यान्सी पेलोसीबाट पदभार ग्रहण गरेका छन् । यससँगै अमेरिकामा केही दिनदेखि चलिरहेको राजनीतिक अस्थिरताको अन्त्य हुने अपेक्षा गरिएको छ ।

म्याकार्थीले डेमोक्रेटिक पार्टिका हाकिम सेकोउ जेफ्रीसलाई पराजित गरेका हुन् । नोभेम्बर ८ मा भएको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले बहुमत गुमाएको थियो । ४३५ सदस्यीय प्रतिनिधि सभामा डेमोक्रेटिक पार्टीको सिट घटेर २१२ पुग्यो भने रिपब्लिकन पार्टीको सिट बढेर २२२ पुग्यो। यसपछि पेलोसीले सभामुख पद छाड्ने इच्छा व्यक्त गरेकी थिइन् ।

रिपब्लिकनहरूले ११८ औं कांग्रेसको नयाँ सत्रमा डेमोक्र्याटहरू भन्दा २२२ -२१२ को पातलो मत अन्तर राखेका छन्, जसमा एक सिट रिक्त रहेको छ ।

यसअघि बिहीबार भएको मतदानका क्रममा एउटा रोचक घटना सार्वजनिक भएको थियो, जसमा पुरै सदन हाँसेको थियो । भोटिङमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एक भोट मात्र पाएको भन्दै खिल्ली उडाइएको थियो । ट्रम्पलाई एकमात्र भोट फ्लोरिडाका रिपब्लिकन म्याट गेट्जले दिएका थिए । ११ औं चरणको मतदानमा गेट्जले औपचारिक रूपमा ट्रम्पलाई हाउस स्पीकरका लागि मनोनयन गरेका थिए ।

अमेरिकी सदनको १६४ वर्षको इतिहासमा पहिलो पटक सभामुखको निर्वाचनमा १५ औं चरणको मतदानको अवस्था सिर्जना भएको हो । सन् १९२३ पछि पहिलो पटक सभामुखको निर्वाचनका लागि बहुचर्चित मतदान भएको थियो ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

मेयर बालेन शाह भन्छनः “सरी केपी ओली, म तपाईको भ्रष्ट प्रणालीको समर्थन गर्न सक्दिन”

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीचको तनाव पुनः एकपटक सामाजिक सञ्जालमार्फत सतहमा आएको...

अन्य समाचार

- Advertisement -spot_img