spot_img
Wednesday, September 25, 2024
64.6 F
Washington DC.
spot_img

सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ आइतबार , जनवरी ८ का दिन अमेरिकाको भर्जिनियामा रिलिज हुने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अभिनेता सरोज खनालको निर्देशनमा बनेको फिल्म ‘बगान’ आइतबार , जनवरी ८ का दिन अमेरिकाको फेयरफ्याक्स , भर्जिनियामा रिलिज हुदैछ । चलचित्रलाई सुरेश वाग्लेले निर्माण गरेका हुन् । खनालले ‘बगान’ बाट निर्देशनमा डेब्यु गरेका हुन् ।

काठमाडौं र पोखरामा छायांकन गरिएको ‘बगान’ मा एउटी एकल महिलाको अहिलेको हाम्रो समाज ,आफ्नो जीवन उपार्जन र आफ्नो सन्तानप्रतिको दाहित्वको साथै सन्तानको आफ्नो आमा प्रतिको स्नेहको आमा र छोरीहरु बिचको कथामा आधारित एउटा सामाजिक चलचित्र भएको अभिनेता तथा निर्देशक खनाल बताउछन। मानव जीवनमा शिक्षाको कति महत्व हुन्छ भन्ने प्रसंगलाई समेत आफुले फिल्ममा दर्साउन खोजेको उनले बताए ।

निर्देशक खनालले आफ्नो जीवनकालमा फिल्ममा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्रयास गरेको बताएका छन् । उनले आफूले निर्देशन गरेको फिल्मले समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने- ‘मेरो फिल्मले व्यापारमा ठूलो रेकर्ड नराख्ला तर नेपालमा यति राम्रो पनि फिल्म बन्छ भनेर गर्व महशुस चाहिँ अवश्य पनि गराउनेछ ।’

आफूहरु जस्तो व्यक्तिले समाजलाई केही सन्देश पनि दिनुपर्छ भन्ने हिसाबले फिल्म बनाएको खनाल बताउँछन् । आफू कलाकार भएकाले अरू कलाकारले पनि आफ्नो जस्तै शैलीमा अभिनय गर्दियोस् भन्ने सोच हुने गरेको भए पनि त्यसबाट टाढै बसेर आफूले फिल्म निर्देशन गरेको खनालको भनाई छ ।

‘बगान’ मा मिथिला शर्मा, करिश्मा मानन्धर, निर शाह, बसुन्धरा भुसाल, आकाश शर्मा र प्रमिला कार्कीको मुख्य भूमिका छ। यसमा सरोजको पनि सानो भूमिका छ ।

गौरी शंकर धुजुको छायांकन र हरि लम्साल र सुभाष भुसालको सम्पादन रहेको फिल्ममा शिव मुखियाको संगीत र पृष्ठभूमि संगीत रहेको छ । चलचित्रमा दुईवटा गीत छन् । गीतमा सुगम पोखरेल, अस्मिता अधिकारी र वनिका प्रधानको स्वर रहेको छ ।

कुनै समय चलचित्र क्षेत्रमा राज गर्ने सरोजलाई जीवन्त कलाकारको रुपमा चिनिन्छ । केही वर्ष अमेरिकामा बसेर स्वदेश फर्किएपछि उनी फिल्म ‘नाई नभन्नु एलए २’ बाट चलचित्र क्षेत्रमा फर्किएका हुन् ।

बगानकालागि तलको लिङ्कबाट अनलाइन मार्फत टिकट खरिद गर्न सकिने छ :

https://www.eventeny.com/events/bagan-4733/

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img