spot_img
Friday, September 20, 2024
62 F
Washington DC.
spot_img

को हुन् उपसभामुखमा निर्वाचित सांसद इन्दिरा रानामगर?

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

इन्दिरा रानामगर बारे रोचक तथ्य

  • इन्दिरा रानामगर झापाको शनिश्चरेकी स्थायी बासिन्दा हुन् ।
  • उनी १५०० भन्दा बढी बच्चाहरुकी आमा हुन्।
  • जेलमा पारिजातको समाजसेवाबाट प्रभावितन् छिन ।
  • उनले गृहनगर झापाबाट एसएलसी र काठमाडौंबाट वाणिज्यमा स्नातक गरेकी छिन ।
  • उनले आफ्नो कठिन समयमा कपडा मिलमा मजदुरको रूपमा काम गरेकी छिन्।
  • उनी विश्वका १०० प्रभावशाली महिला बीबीसीमा समावेश हुने पहिलो नेपाली हुन्।
  • उनी ‘प्रिजनर्स असिस्टेन्स नेपाल’ नामक गैर-नाफामूलक संस्थाकी संस्थापक हुन्।
  • उनी प्रतिनिधि सभाको उपसभामुखमा निर्वाचित भएकी छन।
  • उनी सधैं साइकल मार्फत यात्रा गर्छिन ।

समाचार बिस्तारमा

प्रतिनिधि सभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद इन्दिरा राना मगर निर्वाचित भएकी छन् । सत्तारुढ दलको समर्थनमा उपसभामुख पदको उम्मेदवार रानामगर १६६ ले मत ल्याएर निर्वाचित भएकी हुन् । यसैगरी, उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका सांसद मुक्ताकुमारी यादवले ९७ मत प्राप्त गरेकी छन् ।

प्रतिनिधि सभाको उपसभामुख निर्वाचित ५२ वर्षीया रानामगर राजनीतिक क्षेत्रमा नयाँ अनुहार हुन् । उनी सामाजिक क्षेत्रमा अब्बल र कुशल नेत्रीका रूपमा स्थापित व्यक्तित्व मानिन्छिन। गत मङ्सिर ४ गते सम्पन्न सङ्घीय निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधि सभाको सदस्य बनेकी रानाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेकी हुन् ।

तस्बिर: इन्दिरा रानामगरको वेबसाइटबाट

राजनीतिमा प्रवेश
उनले आफ्नो राजनीतिक यात्राको सुरूआत भर्खरै मात्रै गरेकी हुन्। गत ७ असारमा पूर्ब सञ्चारकर्मि रवि लामिछानेले गठन गरेको रास्वपासँग चिनजानकै एक मित्र मार्फत लामिछानेसंग उनको भेटघाट भयो । लामिछाने सामाजिक क्षेत्रमा नाम चलेका अनुहारको खोजीमा थिए। समाज सेवाका क्षेत्रमा काम गर्दा राजनीतिक पहुँच नभएका कारण बिभिन्न अवरोध र बाधाहरु उनले भोग्दै आएकी थिइन्। लामिछानेसहितको टिमले उनीसंग छलफल गर्दै आफ्ना कुराहरु सदनसम्म लैजान रास्वपासँग जोडिन आग्रह गरेपछि उनी सक्रिय राजनीतिमा होमिन राजी हुदै उनले पार्टीको सदस्यता लिएकि थिइन्। रास्वपाले पनि उनको नाम समानुपातिक सूचीमा राखेको थियो ।

कारागारका बालबालिकाको हकहितको लागि लडदा केही नभएको तथा उच्च निकायले आलटाल गरि रहेकाले ती बालबच्चाको हकहितकालागि आवाज उठाउन राजनीतिमा लागेको उनको भनाई छ ।

तस्बिरः प्रदीपराज वन्त/रासस

समाजसेवी रानामगर
उपसभामुख रानामगर साहित्यकार पारिजातको समाजसेवाबाट प्रभावित भएर सामाजिक काममा सक्रिय भएको बताउछिन । बन्दी सहायता नेपालकी संस्थापक राना मगरले बाबुआमासँगै जेलमा बस्न बाध्य बालबालिकालाई आश्रय दिने र उनीहरुको स्याहार र शिक्षामा सहयोग गर्दै आएकी छन् । उनको यही कामले राना मगरले नेपाल भित्र र विश्वभर नै आफ्नो परिचय बनाउन सफल भएकी छन ।

२२ वर्ष पहिले सन् २००० मा ‘प्रिजनर्स असिस्टान्स नेपाल’ (बन्दी सहायता नेपाल) स्थापना गरि थुनामा रहेका बन्दीका बालबालिका हुर्काउन शुरु गरेकी रानामगरलाई आर्थिक स्रोत नभएर पिरोलेको थियो । तर उनले बिचलित नभई कैदीबन्दीका छोराछोरी हुर्काउन थालिन् ।

कैदीबन्दीका छोराछोरी हुर्काउने उनको कामबारे बिस्तारै प्रचार हुन थाल्यो । उनलाई स्थानीय मगर समुदाय , नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत अन्तर्राष्ट्रिय जगतबाट सम्मानित र पुरस्कृत गर्न थालियो ।

बालबालिका हुर्काउन आर्थिक स्रोतको अभाव पूर्तीका लागि उनले आफुले पाएको पुरस्कारबाट आउने नगद संस्थामा लगाउन थालिन् ।

उनीसंग हुर्किएकाहरु कोही ब्रिटिस आर्मी भए, कोही स्टाफ नर्स । कोही खेलाडी छन्, कोही विदेशका विभिन्न ठाउँ पुगेका छन्। तर उनीहरु आफना बाआमा जेलमा छन् भन्न सक्दैनन् । कसरी हुर्किए भन्न सक्दैनन् ।

तस्बिर: इन्दिरा रानामगरको वेबसाइटबाट

पुरस्कार र सम्मान
उनले लीलाराम कुन्तीदेवी न्यौपाने समाजसेवा पुरस्कार २०१४, नायीखरगौरब पुरस्कार २०१३, उत्कृष्ट समाजसेवी पुरस्कार २०१३, शान्ति दूतका रूपमा विश्व शान्ति महासंघबाट सम्मानित, नवतालश संघर्षरत महिला विकास पुरस्कार २०१३, नवतालश सङ्घर्षकारी महिला पुरस्कार २०१३, सामाजिक विकास पुरस्कार २०१३, २०१३ लगायतका विभिन्न राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकि छन् ।

सन् २००५ मा ‘अशोका फेलो’ प्राप्त गर्न सफल राना मगरलाई दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्डले सम्मानित गरिएको छ । सन् २००९ मा उनले एसियाका शीर्ष २१ नेतृत्वले पाएको जनसेवा अवार्ड प्राप्त गरकी थिइन् । सन् २०१७ मा बीबीसीको प्रेरणादायी तथा सिर्जनशील महिलाको सूचीमा समेत उनको नाम लेखिएको थियो ।

यसैगरी, सन् २०१४ मा राना मगरले स्विडेनकी रानी सिल्भियाबाट वर्ल्ड चिल्ड्रेन्स अनररी अवार्ड प्राप्त गरेकी थिइन् ।

तस्बिर: इन्दिरा रानामगरको वेबसाइटबाट

राष्ट्रिय “साझा अभिभावक” तथा सामाजिक अभियन्ता इन्दिरा राना मगरले हालैको अन्तर्वार्तामा आफूलाई ती प्रतिष्ठित पुरस्कारले चिनाउन नचाहेको बताउँदै सबैले आफूलाई असहाय बालबालिकाकी आमाको रूपमा चिनून् भन्ने चाहन्छिन् ।

पिडित बालबालिकालाई आश्रय प्रदान गर्न मगरको संस्थासंग यतिबेला १२ वटा बालगृह, दुई वटा विद्यालय, चार वटा दिवा हेरचाह केन्द्र छन्। उनको सस्थाले हाल करिब एक हजार पाँच सय बालबालिकाको हेरचाह गर्दै आइरहेको छ।

उपसभामुख राना मगरको जन्म २०२७ सालमा झापाको शनिश्चरे-६ सालबारीमा प्रतापसिंह र मनमाया मगरकी कान्छी छोरीको रूपमा भएको हो। उनकी एउटी छोरी छन्। उनले २०५३ मा स्नातक गरेर समाजसेवामा लागेकी हुन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

मेयर बालेन शाहले बाल दिवसको शुभकामना दिन सकिन भन्दै प्रधानमन्त्री ओलीको कडा आलोचना 

काठमाडौँ महानगरका मेयर बालेन शाहले बिहीबार आफ्नो फेसबुक पोस्टमार्फत बाल दिवसको शुभकामना दिन अस्वीकार गरेका छन्। शाहले प्रधानमन्त्री खड्ग...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img