Friday, March 6, 2026
53.4 F
Washington DC.

बंगलादेशमा नयाँ प्राकृतिक ग्यास पत्ता लाग्यो

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशले देशको दक्षिणी भागमा नयाँ प्राकृतिक ग्यास भण्डार फेला पारेको छ। भोला जिल्लामा ग्यासको भण्डार राज्य सञ्चालित बंगलादेश पेट्रोलियम अन्वेषण तथा उत्पादन कम्पनी लिमिटेड ((बीएपीईएक्स) ले फेला पारेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नयाँ ग्यास भण्डार फेला परेको सोमबार घोषणा गरेका छन् हुन्।

ऊर्जा तथा खनिज मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भर्खरै पत्ता लागेको भोला उत्तर–२ मूल्याङ्कन इनारबाट दैनिक दुई करोड घनफिटभन्दा बढी ग्यास निकासी हुने अपेक्षा गरिएको छ । बीएपीईएक्सले करिब ३ हजार ४२८ मिटर गहिराइमा ग्यास फेला पारेको हो ।

मन्त्री हमिदले आफ्नो फेसबुक पेजमा पेट्रोबङ्ला (बंगलादेश आयल, ग्यास र मिनरल कर्पोरेशन) ले सन् २०२५ सम्ममा ४६ वटा नयाँ अन्वेषण, विकास र वर्क-ओभर इनार ड्रिल गर्ने बताएका छन् । दक्षिण एसियाली मुलुकमा प्राकृतिक ग्यासको अन्वेषणलाई निरन्तरता दिनुपर्नेमा मन्त्रीले जोड दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img