spot_img
Saturday, September 21, 2024
81.4 F
Washington DC.
spot_img

बंगलादेशमा नयाँ प्राकृतिक ग्यास पत्ता लाग्यो

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बंगलादेशले देशको दक्षिणी भागमा नयाँ प्राकृतिक ग्यास भण्डार फेला पारेको छ। भोला जिल्लामा ग्यासको भण्डार राज्य सञ्चालित बंगलादेश पेट्रोलियम अन्वेषण तथा उत्पादन कम्पनी लिमिटेड ((बीएपीईएक्स) ले फेला पारेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ।

ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नयाँ ग्यास भण्डार फेला परेको सोमबार घोषणा गरेका छन् हुन्।

ऊर्जा तथा खनिज मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार भर्खरै पत्ता लागेको भोला उत्तर–२ मूल्याङ्कन इनारबाट दैनिक दुई करोड घनफिटभन्दा बढी ग्यास निकासी हुने अपेक्षा गरिएको छ । बीएपीईएक्सले करिब ३ हजार ४२८ मिटर गहिराइमा ग्यास फेला पारेको हो ।

मन्त्री हमिदले आफ्नो फेसबुक पेजमा पेट्रोबङ्ला (बंगलादेश आयल, ग्यास र मिनरल कर्पोरेशन) ले सन् २०२५ सम्ममा ४६ वटा नयाँ अन्वेषण, विकास र वर्क-ओभर इनार ड्रिल गर्ने बताएका छन् । दक्षिण एसियाली मुलुकमा प्राकृतिक ग्यासको अन्वेषणलाई निरन्तरता दिनुपर्नेमा मन्त्रीले जोड दिएका छन् ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सुनिल दाहालको “तिम्रो माया” सार्वजनिक: प्रेमप्रति समर्पित एक भावनात्मक गीत

प्रेमीप्रति समर्पित गीत “तिम्रो माया” गीत भण्डार, अमेरिकाको युट्युब च्यानलमा सार्वजनिक भएको छ। यो गीत सुनिल मणि दाहालले लेखेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img