Friday, April 11, 2025
46.4 F
Washington DC.

जनवरीमा ७५ हजारभन्दा बढी टेक कर्मचारीहरुलाई हटाइयो , दैनिक औसतमा ३४ सय भन्दा बढी जागिर मुक्त

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सूचना प्रविधि क्षेत्रका कर्मचारीका लागि जनवरी महिनाको सुरुवात निकै खराब देखिएको छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्दा जनवरी महिनामा दैनिक औसतमा ३ हजार ४ सयभन्दा बढी प्राविधिक कर्मचारीहरु (प्रविधि कम्पनी) जागिर बाट निकालिने गरेको छ ।

माइक्रोसफ्ट र गुगल जस्ता ठूला टेक कम्पनीहरु पनि जागिर कटौती गर्ने टेक कम्पनीहरुको सूचीमा परेका छन् । लेअफ ट्र्याकिङ साइट (layoffs.fyi) बाट प्राप्त डाटा अनुसार, २३४ टेक कम्पनीहरूले जनवरीमा आजसम्म ७५ हजार भन्दा बढी कर्मचारीहरूलाई निकालेका छन्।

सन् २०२२ मा १ लाख ६० हजार कर्मचारीलाई निकालिएको थियो
लेअफ ट्र्याकिङका अनुसार सन् २०२२ मा १ हजार चालिस कम्पनीले १५९, ६८४ कर्मचारीलाई निकालेका थिए। सन् २०२२ को टेक प्राबिधिक कर्मचारीहरूको ठूलो संख्याको रोजगारीहरूलाई नयाँ वर्ष २०२३ मा कटौती गर्नेक्रम जारी छ। प्रतिवेदनका अनुसार सन् २०२३ मा अधिकांश व्यवसायिक अर्थशास्त्रीहरूले आगामी समयमा आफ्ना कम्पनीहरूले कर्मचारीहरुको तलब कटौती गर्न सक्ने भविष्यवाणी गरेका छन् ।

नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्सद्वारा गरिएको सर्वेक्षणमा अर्थशास्त्रीहरूमध्ये केवल १२ प्रतिशतले मात्र उनीहरूको कम्पनीले आगामी तीन महिनामा रोजगारी बढाउने प्रक्षेपण गरेका छन्, जुन यस कटौतिको २२ प्रतिशतबाट कम छ।

व्यापक चिन्ता
नेशनल एसोसिएसन फर बिजनेस इकोनोमिक्स (एनएबीई) की अध्यक्ष जुलिया कोरोनाडोका अनुसार यो वर्ष मन्दीमा प्रवेश गर्न लागेको छ, जुन व्यापक चिन्ताको विषय हो। माइक्रोसफ्ट र गुगल जस्ता टेक दिग्गजहरूले आईटीका रोजगारीहरु हटाउने अभियानमा सामेल भएसँगै, लगभग३ हजार प्राविधिक कामदारहरूलाई जनवरीमा भारत लगायत विश्वव्यापी रूपमा हरेक दिन औसतमा निकालिएको छ।

यसको कारण विज्ञहरु यसरी बताउँछन्
आइटि वा प्राविधिक/टेक क्षेत्रमा यति धेरै कटौतीको कारण वर्णन गर्दै हालै ड्युक विश्वविद्यालयका जेफ भोल्खेइमर र एडिथ कोवान विश्वविद्यालयका नाथली कोलिन्स, पल हस्केल-डोल्यान्डले विज्ञापन खर्च र राजस्व कम भएका कारण यी कम्पनीहरूको थप लागत बढन गएको बताएका छन ।

धेरै प्राविधिक कम्पनीहरूले विज्ञापनबाट पैसा कमाउँछन्। विज्ञहरुका अनुसार, जबसम्म कम्पनीहरुमा निरन्तर रेभेन्यु आउदै थियो (जुन विशेष गरी कोरोना माहामारी शुरु हुनु भन्दा अगाडीका वर्षहरूमा), कर्मचारीहरूले प्रशस्त खर्च गर्थे। तर , गत वर्ष कम्पनिहरुको विज्ञापनबाट आउने आम्दानी घट्न गयो। आंशिक रूपमा कोरोना महामारीको कारणले विश्वव्यापीरुपमा मन्दीको डरले गर्दा टेक क्षेत्रमा कर्मचारी कटौती अपरिहार्य थियो ।

(एजेन्सीको सहयोग सहित )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img