Thursday, April 23, 2026
83.6 F
Washington DC.

सिडिसीले कोभिड -१९ महामारी बिरुद्ध आधारभूत सुरक्षा उपाय अपनाएर आगामी चाडपर्व मनाउन निर्देशन जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) ले कोभिड -१९  महामारी बिरुद्ध आधारभूत सुरक्षा उपाय अपनाएर आगामी चाडपर्व मनाउन अमेरिकीहरुलाई आग्रह गरेको छ।

सिडिसीले शुक्रवार जारी गरेको नयाँ निर्देशन अनुसार आगामी पर्व बिदाका समयमा भित्री सेटिंग्समा हुने कार्यक्रममा सबैलाइ मास्क लगाउने कार्य जारी राख्न आग्रह गरेको छ ।

दुई तिहाई अमेरिकीहरुले कोभिड -१९ बिरुद्धको खोपको कम्तीमा एउटा खुराक पाएका कारण सिडिसीले अमेरिकीहरुलाई आधारभूत सुरक्षा उपाय अपनाएर आगामी चाडपर्व मनाउन आग्रह गरेको जनाएको छ।

धेरै जसो अमेरिकीहरुलाई पहिलो डोजको खोप प्राप्त भैसकेपछि अमेरिकामा गत सेप्टेम्बर महिनामा नयाँ संक्रमित संख्या र मृत्युदर बढन गएको थियो।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको डाटा अनुसार संक्रमित बच्चाहरुको संख्या सेप्टेम्बर महिनामा शिखरमा पुग्यो, धेरै स्कूलहरुमा डेल्टा भेरियन्टको बढ्दो संक्रमणका कारणले अफलाइन कक्षाहरु संचालन गरिएका थिए ।

कोरोना महामारीको शुरुवातका दिन देखि ६० लाख भन्दा बढि  बच्चाहरु कोभिड १९ बाट संक्रमित भए , सेप्टेम्बर ३ देखि सेप्टेम्बर ३० सम्म ११ लाख  भन्दा बढी नयाँ केसहरु रेकर्ड भएका थिए ।

रोग नियन्त्रण र रोकथाम केन्द्रबाट जारी साप्ताहिक तथ्याङ्कका अनुसार कोरोनाको संक्रमणबाट १५ बर्ष मुनिका बच्चाहरुको मृत्यु पनि सेप्टेम्बरमा उच्चतम स्तरमा पुगेको पाईन्छ।

भर्खरै, फाइजरले यसको कोभिड -१९ को खोप ५ देखि ११ बर्ष का बच्चाहरुमा प्रयोग गर्न अनुमतीकालागी अमेरिकी सरकारलाई अनुरोध गरेको छ, र यदि अनुमती प्राप्त भएमा खोपहरु हप्ता दिन भित्र शुरु हुन सक्नेछ।

बच्चाहरुकालागि गरिएको एक परीक्षणमा कम डोज भएको एक खोपले काम गर्ने र खोप सुरक्षित देखिएको भनी फाइजरले पूर्व घोषणा गरेको थियो ।

गत बिहीबार फाइजर र यसको जर्मन पार्टनर बायोन्टेकले आधिकारिक रूपमा खाद्य र औषधि प्रशासन (एफडिए) लाई आफ्नो आवेदन बुझाएको छ। 

“परम्परागतरुपमा मानिदै आएका पर्वहरु परिवार र बच्चाहरुकालागी महत्वपूर्ण भएकाले आफ्नो स्वास्थ्यको ख्याल गरी यी परम्परागत पर्वहरु मनाउन धेरै बिकल्पहरु भएको व्यहोरा सीडीसीले शुक्रवार जारी गरेको स्टेट्मेण्ट्मा जनाएको छ ।         

धेरै आफन्तहरु पर्व बिदा मनाउनकालागी भेला हुने भएकाले कोभिड १९  को जोखिमलाई कम गर्न आफ्नो र परिवार र साथीहरुलाई सुरक्षित राख्ने सबैभन्दा राम्रो तरीका खोप लगाउनु हो भनी सीडीसीले स्टेट्मेण्ट्मा सुझाव दिएको छ। 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img