गृह पृष्ठ स्वास्थ६५.३ प्रतिशत न्यूयोर्कबासीले पूर्णरुपमा खोप लगाए - सिडीसी तथ्याङ्क

६५.३ प्रतिशत न्यूयोर्कबासीले पूर्णरुपमा खोप लगाए – सिडीसी तथ्याङ्क

रोग नियन्त्रण तथा  रोकथाम केन्द्र (सिडीसी) ले शनिबार जारी गरेको तथ्याङ्क अनुसार न्यूयोर्क राज्यको लगभग दुई तिहाई बासिन्दाहरुले कोरोना भाईरस बिरुद्धको पूर्ण खोप लगाएका छन ।

सिडीसीको तथ्याङ्क अनुसार १ करोड २७ लाख कुल जनसंख्याको ६५. ३  प्रतिशतले पूर्ण खोप लगाएका छन।

१८ बर्ष भन्दा माथिका उमेरका १२ करोड ७ सय  बासिन्दाहरु मध्ये ७७. १ प्रतिशतले पूर्ण रुपमा खोप लगाएका छन ।

त्यस्तै, न्यूयोर्क राज्यको सम्पूर्ण जनसंख्या मध्ये पहिलो खोप लगाएकाहरुको प्रतिशत ८२. ८ प्रतिशत रहेकोछ भने १८ बर्ष  माथिको उमेर भएका ८५.९  प्रतिशतले पहिलो खोप लगाएको सिडीसी तथ्याङ्कले जनाएको छ।

फोटो स्क्रिनसर्ट – सिडीसी

धेरै जसो अमेरिकीहरुलाई पहिलो डोजको खोप प्राप्त भैसकेपछि अमेरिकामा गत सेप्टेम्बर महिनामा नयाँ संक्रमित संख्या र मृत्युदर बढन गएको थियो।

अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको डाटा अनुसार संक्रमित बच्चाहरुको संख्या सेप्टेम्बर महिनामा शिखरमा पुग्यो, धेरै स्कूलहरुमा डेल्टा भेरियन्टको बढ्दो संक्रमणका कारणले अफलाइन कक्षाहरु संचालन गरिएका थिए ।

कोरोना महामारीको शुरुवातका दिन देखि ६० लाख भन्दा बढि  बच्चाहरु कोभिड १९ बाट संक्रमित भए , सेप्टेम्बर ३ देखि सेप्टेम्बर ३० सम्म ११ लाख  भन्दा बढी नयाँ केसहरु रेकर्ड भएका थिए ।

रोग नियन्त्रण र रोकथाम केन्द्रबाट जारी साप्ताहिक तथ्याङ्कका अनुसार कोरोनाको संक्रमणबाट १५ बर्ष मुनिका बच्चाहरुको मृत्यु पनि सेप्टेम्बरमा उच्चतम स्तरमा पुगेको पाईन्छ।

भर्खरै, फाइजरले यसको कोभिड -१९ को खोप ५ देखि ११ बर्ष का बच्चाहरुमा प्रयोग गर्न अनुमतीकालागी अमेरिकी सरकारलाई अनुरोध गरेको छ, र यदि अनुमती प्राप्त भएमा खोपहरु हप्ता दिन भित्र शुरु हुन सक्नेछ।

बच्चाहरुकालागि गरिएको एक परीक्षणमा कम डोज भएको एक खोपले काम गर्ने र खोप सुरक्षित देखिएको भनी फाइजरले पूर्व घोषणा गरेको थियो ।

गत बिहीबार फाइजर र यसको जर्मन पार्टनर बायोन्टेकले आधिकारिक रूपमा खाद्य र औषधि प्रशासन (एफडिए) लाई आफ्नो आवेदन बुझाएको छ। 

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

सम्बन्धित लेखहरु
Click below for English

लोकप्रिय

Recent Comments