Wednesday, April 2, 2025
47 F
Washington DC.

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि देशहरूले प्रतिबन्ध लगाएका छन्। हङकङ र सिंगापुरले सुरु गरेको प्रतिबन्धले अमेरिका, बेलायत र युरोपेली राष्ट्रहरूले खाद्य सुरक्षा उल्लङ्घनबाट उत्पन्न हुन सक्ने व्यापक प्रभावहरूलाई मध्यनजर गर्दै प्रतिक्रियाहरू दिएका छन्।

प्रतिबन्ध र तत्काल प्रतिक्रियाहरू:
हङकङको सेन्टर फर फूड सेफ्टी (CFS) ले एमडीएच प्रालिका चार मसला उत्पादनहरूको बिक्रि बितरणमा सबैभन्दा पहिले प्रतिबन्ध लगाएको थियो। एमडीएच र एभरेष्ट फुड प्रोडक्ट्स प्रा. लि. बाट उत्पादित ति मसलाहरूको परीक्षण पश्चात मसलाहरूमा इथिलिन अक्साइडको उपस्थिति पत्ता लागेको थियो। यो कीटनाशक भएको र मानव उपभोगको लागि अनुमति प्राप्त छैन। क्यान्सर अनुसन्धानको लागी अन्तर्राष्ट्रिय एजेन्सी द्वारा यो कीटनाशक समूह १ कार्सिनोजेन मानिन्छ।

सिंगापुर फुड एजेन्सी (SFA) ले एभरेष्टको फिश करी मसाला रिकल (फिर्ता गर्ने) आदेश दिएपछि सिंगापुरले पनि त्यसलाई पछ्याउदै प्रतिबन्ध लगाएको थियो। प्रभावित उत्पादनहरूमा एमडीएचको मद्रास करी पाउडर, सम्भर मसाला, र मिक्स मसाला पाउडर, एभरेष्टको फिश करी मसाला समावेश छन ।

विश्वव्यापी प्रतिक्रिया:
अमेरिकाको FDA ले हाल उत्पादनहरूको अनुसन्धान गरिरहेको छ, यद्यपि कुनै औपचारिक भनाई अहिलेसम्म जारी गरिएको छैन। बेलायतले आधिकारिक प्रतिक्रिया जारी गरेको छैन, तर बीबीसीले भारतीय मसलामा भेटिएको कीटनाशक दावीमा अमेरिकी स्वास्थ्य अधिकारीहरूको अनुसन्धानमा रिपोर्ट गरेको छ। यसैबीच, युरोपेली खाद्य अधिकारीहरूले सतर्कता बढाएका छन् र यस विषयमा थप जानकारी सङ्कलन गरिरहेका छन्।

उद्योगको प्रतिष्ठामा प्रभाव:
यी प्रतिबन्धहरूले दशकौंदेखि भारतीय खानाको पर्यायवाची ब्रान्डहरूः एमडिएच र एभरेष्टको प्रतिष्ठामा ठूलो चोट पुर्‍याएको छ। एभरेष्ट फूड प्रोडक्ट्सले आफ्नो मसला सुरक्षित रहेको दाबी गर्दै आफ्नो ६० उत्पादनमध्ये एउटा मात्र परीक्षण भइरहेको दाबी गरेको छ । एमडिएचले प्रतिबन्धमा अझै टिप्पणी गरेको छैन।

उपभोक्ताको सुरक्षा:
हङकङ र सिंगापुरका अधिकारीहरूले जनतालाई प्रभावित उत्पादनहरूबाट बच्न सल्लाह दिएका छन् र विक्रेताहरूलाई बिक्री बन्द गर्न निर्देशन दिएका छन्। अधिकारीहरूले निर्देशनको उल्लङ्घन गर्नेहरूले पर्याप्त जरिवाना र जेल सजाय भोग्न सक्ने समेत चेतावनी दिएका छन।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सविन महर्जनको पोस्टमार्टम रिपोर्टको निष्कर्षः गोली दायाँ हातबाट पछाडि निस्किएको पुष्टि

काठमान्डौको तीनकुनेमा चैत १५ गते प्रहरीको गोली लागी मृत्यु भएका सविन महर्जनको शव परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा...

अन्य समाचार

- Advertisement -spot_img