spot_img
Friday, May 17, 2024
61.5 F
Washington DC.
spot_img

कस्तो छ अमेरिकाको शिक्षा प्रणाली?

सम्बन्धित समाचार

अमेरिकामा उमेर पुगेका हरेक बच्चाहरुलाई नजिकैको स्कुलमा पढाउनु पर्ने अनिवार्यता कानूनले नै गरेको छ। यी सामुदायीक स्कूलहरुमा निशुल्क बस सेवा, निशुल्क वा  आम्दानी अनुरुप तोकिने नाम मात्रको शुल्कमा लंचको व्यबस्था समेत गरिएको हुन्छ। 

नेपालसंग तुलना गर्ने हो भने अमेरिकाको शिक्षा पद्धति एकदमै फरक छ। व्यवहारिक शिक्षालाई प्राथमिकताका साथ अमेरिकामा शिक्षा प्रदान गरिन्छ । स्कुलमा अध्ययनरत बिध्यार्थीहरुले आफ्ना पुस्तकहरु घर ल्याउदैनन, सबै पुस्तकहरु स्कुल मै रहेको नीजी ‘लकर ’मा राख्ने गर्दछन। लकरमा आफ्नो पुस्तक र कापीहरु राखेर हलुका हुँदै घर फर्कन्छन्। आफुलाई आवस्यक परेका बेला स्कुलको लकर खोलेर पुस्तक झिक्छन् र पढ्न थाल्छन् ।

नेपालका स्कुलमा अध्ययनरत बिध्यार्थीहरुले दिन भरी पढेर गरुङो ब्याग सहित घरमा थकित अवस्थामा आउछन , खाजा खान्छन अनि फेरी ब्यागबाट किताब निकाली पढ्नु पर्ने तनाव थपिन्छ । पुस्तकको ठूलो भारी बोकेर स्कुल जानु पर्ने र फर्कदा गृहकार्य पनि अत्यधिक दिइने भएकाले घरका अबिभावकहरुले समेत अन्य काम छोडेर छोराछोरीलाई पढाउनुपर्ने किसिमको शिक्षा प्रणाली नेपालमा छ ।

अमेरिकाको शिक्षा प्रणालीमा ‘ब्यबहारिक, दबाबरहित र मनोरञ्जनात्मक माध्यमबाट शिक्षा प्रदान गर्ने भन्नेछ । अमेरिकासग तुलना गर्दा नेपालको शिक्षा प्रणाली अलिकती अब्यबहारिक र बोझिलो किसिमको मान्न सकिन्छ। नेपालका स्कुलमा अध्ययनरत बिध्यार्थीहरुले दिन भरी पढेर गरुङो ब्याग सहित घरमा थकित अवस्थामा आउछन, खाजा खान्छन अनि फेरी ब्यागबाट किताब निकाली पढ्नु पर्ने तनाव थपिन्छ। पुस्तकको ठूलो भारी बोकेर स्कुल जानु पर्ने र फर्कदा गृहकार्य पनि अत्यधिक दिइने भएकाले घरका अबिभावकहरुले समेत अन्य कामै छोडेर छोरा छोरी लाई पढाउनुपर्ने किसिमको शिक्षा प्रणाली नेपालमा छ।

फोटो : Unsplash

अमेरिकामा आफु बसोबास गरेको क्षेत्र अन्तर्गत पर्ने सामुदायीक स्कूलले प्रदान गर्ने प्राथमिक देखी बार्ह कक्षा सम्मको(K-१२) शिक्षामा सम्पूर्ण खर्च सरकारले ब्यहोर्दछ । सामुदायीक स्कूल प्रणालीमा कुनै जात, धर्म विशेषको शिक्षा निषेध गरीएको छ। त्यस्तै कुनै जात र धर्मका आधारमा बिधार्थीहरुलाई भर्नामा विबेध गर्न समेत निषेध गरीएको छ। अर्थात कुनै जात र धर्मलाई लिएर स्कुलले भर्ना गर्दिन भन्न पाउदैन ।

स्कुल पुगेपछी सवेरै प्रार्थना गर्नु पर्ने नियम छैन् । विशेष समारोहहरुमा बिध्यार्थीहरुले सामूहिकरुपमा अमेरिकाको राष्ट्रिय गाना गाउदछन । विभिन्न धार्मिक समुदायहरुले उठाएका विवादका कारण सरकारी स्कूलहरुमा धार्मिक शिक्षा कानूनत निषेध छ । धार्मिकरुपले आफ्ना केटा केटीहरुलाई शिक्षा दिनु पर्‍यो भने स्वेच्छाले निजी खर्चमा महँगो शुल्क तीरी धार्मिक स्कूलमा पढाउनेहरु पनि धेरै छन ।

फोटो : Unsplash

सामुदायीक स्कूलको भर्ना बिधी:

स्कूलमा बिध्यार्थी भर्ना गर्नु पर्दा सामान्यतया केहि कागजी प्रकृया पुरा गर्नु पर्दछ । यो कागजी प्रक्रिया प्रतेक राज्य अन्तर्गतको स्कूल जिल्ला बिच फरक हुन्छ । सामुदायीक स्कुलहरुलाई हेर्ने राज्यको सरकारी निकायले निती नियमहरु जारी गर्दछ र त्यसैको अधिनमा रहेर स्कुलहरुले बिध्यार्थी भर्ना देखी लिएर पठन पाठनको कार्य गर्दछ्न । स्कूलमा बिध्यार्थी भर्ना गर्नु पर्दा सामान्यतया अधिकांश सामुदायीक स्कूलहरुकालागी बिध्यार्थीको उमेरका आधारमा ग्रेड तोकेर भर्ना गरिन्छ । यसकालागी राज्यको स्कुल सम्बन्धी हेर्ने तोकिएको सरकारी निकायले बिध्यार्थीको उमेर यकीन गरी कुन स्कुल जिल्ला भित्र बसोबास गरेको हो त्यहाँ भर्नाका लागी प्रकृया अगाडी बढाउदछ र स्कुलले सोही बमोजिम भर्ना गर्दछ ।

भर्नाका लागी आवस्यक कागजातहरु

अमेरिकामा प्रत्येक राज्य अनुसार भर्नाका लागी तोकिएको कागजातहरु फरक हुन सक्छन तर सामान्यतया आवस्यक हुने कागजातहरुमा:

बिध्यार्थीको जन्म प्रमाणपत्र : जन्म दर्ता प्रमाणपत्र , अस्पतालको जन्म प्रमाणपत्र वा  आफ्नो बच्चाको जन्म मिति लेखिएको पासपोर्ट ।

बसोबास गरेको स्थानको प्रमाण्– अपार्टमेन्ट भए सम्झौता पत्र,  बैंक स्टेटमेन्ट , फोन वा बिजुली पानी तिरेको बिल आदीमा बसोबास गरेको ठेगाना देखिने कागजात ।

स्वास्थ रेकर्ड: तोकिएको खोपहरु वा अन्य स्वास्थ्य रेकर्ड । खोप नलगाएको भए लगाएर प्रमाण पेश गर्नु पर्ने हुन सक्छ ।

भर्ना परिक्षा: अन्य मुलुकबाट अमेरिकामा बसाई सराई गरेका बिधार्थीहरुका लागी उमेर अनुसार भर्नाका क्रममा परिक्षा समेत लिईन्छ । बिधार्थीको उमेर र परिक्षा मार्फत भर्नाका लागी ग्रेड निर्धारण गरीन्छ र उसको योग्यता अनुसारको बिषयहरु छनौट गर्न दिइन्छ। माध्यमिक स्कुलमा भर्ना गर्नु पर्ने भए अन्त पढेको कक्षाको प्रमाणपत्र र अमेरिकाको बर्तमान क्रेडिट प्रणालीलाई आधार मानी जिपीए क्रेडिटमा रुपान्तरण समेत गरीन्छ । जिपीए क्रेडिट प्रतेक सेमेस्टरको परिक्षामा आफ्नो उपलब्धी अनुसार बढने र घटने हुन्छ र राम्रो क्रेडिट प्राप्त गर्ने बिधार्थीले पछी कलेजमा पढन जादा राम्रो कलेजमा भर्ना पाउछन भने अर्का तर्फ स्कलरशिप प्राप्त गर्न मद्दत पुग्दछ ।

फोटो : Unsplash

बिधार्थीहरुलाई प्रदान गरीने सरकारी सुबिधाहरु:

निशुल्क शिक्षा: अमेरिकामा सरकारले सामुदायीक स्कुलहरुमा प्राथमिक तह देखी लिएर माध्यमिक तह सम्म अध्ययन गर्ने बिधार्थीहरुका लागी निशुल्क शिक्षाको ब्यबस्था गेरेको छ ।

निशुल्क तथा बिशेष शिक्षा: यदी बच्चा अशक्त वा सुस्त मनस्थिती को छ भने अमेरिकाका अधिकांस सामुदायीक स्कुलहरुले निशुल्क तथा बिशेष शिक्षाको ब्यबस्थापन गर्दछन। यस्ता बच्चाहरुकालागी अलग्गै शिक्षा प्रणाली लागु गरीन्छ र सोहि अनुरुप बच्चाको बिकासक्रममा मद्दत गरीन्छ।

निशुल्क यातायातको सुविधा: सामुदायीक स्कुलहरुमा अध्ययन गर्ने बिधार्थीहरुकालागी निशुल्क यातायातको ब्यबस्था गरेको हुन्छ । यसका लागी आफु बसोबास गरेको स्थान र स्कूलको दुरी तोकिएको अनुसार हुनु पर्दछ,अन्यथा तोकिएको भन्दा नजिक बसोबास गर्नेले आफै बच्चालाई स्कुल पुर्याउने र ल्याउने गर्नु पर्दछ ।

निशुल्क लन्च सुबिधा: राज्यले तोकेको बार्षिक न्युन आम्दानी हुनेहरुका बच्चाहरुले स्कुलमा निशुल्क खाना सुबिधा पाउछन । यसका लागी बर्षिक रुपमा आफ्नो आम्दानीको बिबरण स्कुललाई उपलब्ध गराउनु पर्दछ । तर , तोकेको न्यून आम्दानी भन्दा अलिक बढी तर कम आम्दानीको श्रेणीमा पर्ने हरुले भने सुबिधाको मुल्य तिरेर खाना खान पाउने ब्यबस्था पनी छ ।

स्टेसनरी सुबिधा: न्यून आय भएका र स्टेसनरी समेत किन्न नसक्नेहरुका लागी स्कूलने निशुल्क स्टेसनरी उपलब्ध गराउदछ ।

लाईब्रेरी सुविधा: बिध्यार्थीहरुलाइ अध्ययनकालागी स्कुल मै ब्यबस्थीत लाइब्रेरीको ब्यबस्था गरीएको हुन्छ । स्कुलले दिएको होम वर्क होस वा आफ्नो फुर्सतको समय होस, बिध्यार्थीहरु पुस्तक पढी लाइब्रेरीमा समय बिताउदछन । अमेरिकाको शिक्षा प्रणालीमा शुरु देखि नै बच्चाहरुलाइ पुस्तक पढने बानी बसाउन पाठ्यपुस्तक बाहिरका चेतनामुलक र ज्ञानबर्दक पुस्तकहरु समेत पढन प्रोत्साहीत गरीन्छ ।

उमेर अनुसारकको शिक्षा र ग्रेड प्रणाली: अमेरिकामा राज्य अनुसार स्कुल भर्ना गर्दा बच्चाको उमेर अनुसारको भर्ना बिधी लागू गरिन्छ । सामान्यतया ५ बर्ष पुगेका बच्चाहरुलाई प्राथमिक स्कुलमा भर्ना गरीन्छ । भर्जीनियाको फेयर फ्याक्स काउन्टीको स्कुल प्रणाली अनुसार सेप्टेम्बर ३० मा वा अघी ५ बर्ष उमेर पुगेको बच्चा किन्डेरगार्टेनमा भर्नाकालागी योग्य ठहर्छ ।

प्राथमिक स्कूल (के-६) बच्चाहरु सामान्यतया ५ बर्षको उमेरमा प्राथमिक स्कूलमा भर्ना गरीन्छन । शुरुको एक बर्ष किन्डरगार्टन (K) मा अध्ययन गरे पछी ६ बर्षको उमेरमा पहिलो ग्रेड चढदछन। राज्यको नियम अनुसार प्राथमीक स्कुलले ग्रेड ५ वा ६ सम्मको शिक्षा प्रदान गर्दछ । बच्चाहरुको उमेर दस वा एघार वरिपरि प्राथमिक स्कुल छोड्नु पर्दछ । प्राथमिक स्कूलमा बच्चाहरुलाई एकल कक्षामा शिक्षक मार्फत थुप्रै विषयहरू सिकाईन्छ।

निम्न माध्यमिक स्कूल(ग्रेड ७ -८) निम्न माध्यमिक स्कूललाई जुनियर हाईस्कुल पनि भनिन्छ । निम्न माध्यमिक स्कुलमा बिद्यार्थीहरु लाई ग्रेड ७ देखी ग्रेड ८ सम्मको पढाई गरिन्छ । स्कूलमा अध्ययन गर्ने बिद्यार्थीहरुको उमेर दस बाट चौध बर्षको आसपासको हुन्छ। निम्न माध्यमिक स्कूलका बिद्यार्थीहरु एउटै कक्षामा सिमित हुँदैनन । आफ्नो बिषय अनुसार एउटा कक्षा बाट अर्को कक्षामा स्विच गर्दछन । उनीहरु का लागी बिषय अनुसारका फरक फरक शिक्षक हुन्छन ।

माध्यमिक स्कूल(ग्रेड ९-१२)माध्यमिक स्कुलमा ग्रेड ९ देखी ग्रेड १२ सम्म पढाईन्छ । उमेरले १४ वर्ष देखी १७ वा १८ बर्षका बिचका बिधार्थीहरु माध्यमिक स्कुलमा अध्ययन गर्दछन्। माध्यमिक स्कुलमा बिषयहरुका आधारमा कक्षाहरुको निर्धारण गरिन्छन । एक जना बिधार्थीका लागी एक दिनमा धेरै शिक्षकहरु हुन सक्छन । बिधार्थीहरुले रुची अनुसार बिशिष्ट कक्षाहरु (एड्भान्स क्लास) लिन सक्छन । त्यस्तै , बिधार्थीहरुले आफुलाई काम लाग्ने वा पछी कलेजमा काम लाग्ने बिषयहरु लिन सक्छन । माध्यमिक स्कुलमा क्लब, क्रियाकलाप, खेल, शैक्षिका अध्ययन आदीको व्यवस्था गरिएको हुन्छ भने अन्य गतिविधियांहरु समेत सामेल गरीन्छ ।

(पूर्व प्रकाशित मेरो यो लेखलाई पून प्रकाशन गरिएको हो )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img