Friday, March 6, 2026
57.2 F
Washington DC.

न्यूयोर्कमा यू-होल ट्रकले पैदल यात्रुलाई ठक्कर दिँदा कम्तीमा ८ घाइते, चालक हिरासतमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

अमेरिकाको न्युयोर्क सहरको ब्रुकलिनमा सोमबार एक भाडाको यू-होल ट्रकले धेरै पैदलयात्रीलाई ठक्कर दिदै घाइते बनाएको छ । स्थानिय संचार माध्यमका अनुसार यू-होल ट्रकलेले आठ जनालाई ठक्कर दिएको थियो। पछि अधिकारीहरूले गाडी नियन्त्रणमा लिई चालकलाई नियन्त्रणमा लिएका थिए।

बिहान करिब ११ बजे घटना घटेको थियो। ड्राइभरले पैदल यात्रुहरूलाई ठक्कर दिए पछि भाग्दा उसलाई ह्यामिल्टन एभिन्यू र रेड हुकको कोलम्बिया स्ट्रिटको नजिक प्रहरीले समातेको थियो ।

न्यूयोर्क शहरका प्रहरी आयुक्तले सोमबार बे रिज क्षेत्रमा भएको घटनामा एक प्रहरी अधिकारीसहित आठ जना घाइते भएको बताएका छन्। चार जनाको अवस्था गम्भीर छ भने चारजना सामान्य घाइते छन् । सोही क्रममा घटनाका सम्बन्धमा स्थानीय नगर परिषद्का सदस्य जस्टिन ब्राननले यो आकस्मिक घटना जस्तो देखिए पनि यसको पछाडि कुनै न कुनै उद्देश्य रहेको हुन सक्ने बताएका छन् ।

घटनाका पछाडिको उदेश्य र चालकको परिचय अझै खुलाइएको छैन।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img