Friday, March 6, 2026
57.2 F
Washington DC.

निकोस क्रिस्टोडोलाइड्स साइप्रसको राष्ट्रपतिमा निर्वाचित, ५२ प्रतिशत मत ल्याएर प्रतिद्वन्द्वीलाई पराजित गरे

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

साइप्रसका पूर्व विदेशमन्त्री निकोस क्रिस्टोडोलिदेस नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनले चुनावमा आफ्ना प्रतिद्वन्द्वी एन्ड्रियास माभ्रोयानिसलाई हराएका छन् । एन्ड्रियासले ४८.१ प्रतिशत र क्रिस्टोडोलाइड्सले ५१.९ प्रतिशत प्राप्त गरे ।

निर्वाचनमा पराजय स्वीकार गर्दै एन्ड्रियास माभ्रोयानिसले भने, ‘आज राति एउटा यात्रा टुंगिएको छ । मैले हजारौं मानिसहरूसँग साझा गरेको अद्भुत यात्रा। साइप्रसलाई चाहिएको परिवर्तन हामीले हासिल गर्न सकेनौं भनेर म दुःखी छु। उता , मतगणना अघि नै क्रिस्टोडोलिड्स आफ्नो जितमा विश्वस्त थिए। सञ्चारमाध्यमसँग कुरा गर्दै उनले साइप्रसका जनतालाई थाहा भएको र के हुन्छ भन्ने कुरा बुझेका छन् । आफुलाई जनाताको निर्णयमा पूर्ण विश्वास रहेको समेत बताएका थिए ।

संचार माध्यमका अनुसार यस पटक साइप्रसमा ७२.४ प्रतिशत अर्थात् ४ लाख ५ हजारभन्दा बढीले मतदान गरेका छन् । यो पहिलेको तुलनामा उच्च हो । सन् १९७४ मा साइप्रस विभाजित भएको थियो। त्यसबेला टर्कीको सेनाले ग्रीक-प्रायोजित कूको बदलामा उत्तरी भाग कब्जा गरेको थियो । त्यसबेलादेखि साइप्रस र टर्की बीचको वर्तमान विवाद दक्षिणमा ग्रीक साइप्रियटहरू र उत्तरमा टर्की साइप्रियटहरू बीच चलिरहेको विवाद हो।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img