spot_img
Friday, September 27, 2024
72.5 F
Washington DC.
spot_img

पुटिनका निकटतम वरिष्ठ रूसी रक्षा मन्त्रालयका अधिकारी मृत फेला

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

पिटर्सबर्ग, पश्चिमी सैन्य जिल्लाको रक्षा मन्त्रालयको आर्थिक सहयोग विभागका प्रमुख मारिना यान्किना मृत फेला परेको फन्टांका र खोम्मेर्सन्त समाचार एजेन्सीले रिपोर्ट गरेका छन्। यान्किनाको मृत्युका बारेमा पश्चिमी सैन्य जिल्ला को प्रेस सेवामा पत्रकारहरु लाई जानकारी गराइएको थियो।

मारिना यान्किना, ५८, राष्ट्रपति भ्लादिमिर पुटिनको नजिकको रुसी रक्षा मन्त्रालयको एक वरिष्ठ अधिकारी भएको बताइन्छ । उनी भवनको १६ औं तलाबाट खसेको बताइएको छ । रुसी रक्षा मन्त्रालयको आर्थिक सहयोग विभाग सेन्ट पिटर्सबर्गमा अवस्थित छ। याङ्किनालाई जमसिना सडकमा रहेको घरको ढोकामा एक यात्रुले मृत फेला पारेका थिए ।

रिपोर्टका अनुसार याङ्किनाको १६० मिटर उचाइबाट खसेर मृत्यु भएको बताइएको छ । रिपोर्टका अनुसार उनी युक्रेनमा रुसको सैन्य आक्रमणका प्रमुख फाइनान्सरमध्ये एक थिइन्। रूसी अनुसन्धान समिति र पश्चिमी सैन्य जिल्ला फन्टांकाको प्रेस सेवाले उनको मृत्युको पुष्टि गरेको हो र उनको रहस्यमय निधनको बारेमा अनुसन्धान शुरु गरिएको बताइएको छ ।

उनको व्यक्तिगत सामान घरको १६ औं तलामा भेटिएको थियो । मोइकामा मिडिया आउटलेट म्यासलाई उद्धृत गर्दै, रिपोर्टमा भनिएको छ कि यान्किनाले आफ्ना पूर्व पतिलाई फोन गरेर उनले के गर्न चाहन्छिन् भनेर जानकारी गराएकी थिइन ।

पश्चिमी सैन्य क्षेत्रमा सामेल हुनु अघि, यान्किनाले संघीय कर सेवामा सेवा गरेकी थिइन् र सेन्ट पिटर्सबर्गको सम्पत्ति सम्बन्ध समितिको उपाध्यक्षको रूपमा पनि काम गरेकी थिइन। उनी २४ फेब्रुअरीमा रुसले सुरु गरेको युद्धका लागि आर्थिक सहयोग सुदृढ गर्ने प्रयासको केन्द्रमा रहेको बताइएको छ ।

रुस र युक्रेनबीचको युद्धमा धेरै रुसी अफिसरको मृत्यु भएको यो पछिल्लो घटना हो । उनको मृत्यु हुनुभन्दा केही दिनअघि रुसी जनरल भ्लादिमिर माकारोभ पनि शङ्कास्पद रूपमा मृत फेला परेका थिए । उनलाई हालै राष्ट्रपति भ्लादिमिर पुटिनले सेनाबाट बर्खास्त गरेका थिए ।

समाचारका अनुसार २६ डिसेम्बरमा रुसी नेता पावेल एन्टोनोभको भारतको एउटा होटलबाट लडेर मृत्यु भएको थियो । रुसी सेनाका पूर्व प्रमुख अलेक्से मासालोभको डिसेम्बर २५ मा अस्पतालमा मृत्यु भएको थियो भने एक दशकसम्म रुसको ‘एडमिरल्टी शिपयार्ड’को प्रमुखको रूपमा काम गरेका अलेक्जेन्डर बुजाकोभको डिसेम्बर २४ मा मृत्यु भएको डेलीमेलले जनाएको छ।
(एजेन्सीको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img