Monday, April 7, 2025
44 F
Washington DC.

बाइडेन: उत्तरी अमेरिकामा खसालिएका वस्तुहरू चीनको जासूस बेलुन कार्यक्रमसँग सम्बन्धित भएको सङ्केत छैन

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

यस महिना अमेरिकी र क्यानाडाको आकाशमा खसालिएका तीन उच्च उडान वस्तुहरू चिनियाँ जासूस बेलुन कार्यक्रमसँग सम्बन्धित भएको सङ्केत नभएको तर प्रायः निजी कम्पनीहरू, मनोरन्जन वा अनुसन्धान संस्थाहरूसँग सम्बन्धित भएको राष्ट्रपति जो बाइडेनले बिहीबार बताएका छन् ।

तीन अन्य उच्च उडान वस्तुहरू अमेरिकी लडाकु विमानहरूले खसालेका थिए – दुई अमेरिकामा र एउटा क्यानडामा।

“हामीलाई अझै थाहा छैन कि यी तीन वस्तुहरू के थिए तर अहिले प्रष्ट छैन कि तिनीहरू चीनको जासूसी बेलुन कार्यक्रमसँग सम्बन्धित थिए वा तिनीहरू कुनै अन्य देशको निगरानी वाहनहरू थिए,” ह्वाइट हाउसबाट राष्ट्रपति जो बाइडेनले बिहीबार बताएका हुन् । “खुफिया अधिकारीको हालको अनुसन्धान अनुसार ति तीन वस्तुहरू प्रायः निजी कम्पनीहरू, मनोरञ्जन वा मौसम अध्ययन गर्ने अनुसन्धान संस्थाहरू वा अन्य वैज्ञानिक अनुसन्धान सञ्चालन गर्ने बेलुनहरू थिए।”

एट्लान्टिकमा अमेरिकी लडाकु विमानले आकाशबाट खसाउनु अघिको करिब ४०,००० फिटको उचाइमा तैरिएको विशाल बेलुन वास्तवमा जासुसीका लागि प्रयोग गरिएको थियो भनी अमेरिकी अधिकारीहरूको भनाईलाई बाइडेनले दोहोर्याएका थिए ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

रवि लामिछाने पक्राउ: उच्च अदालतको आदेशपछि प्रहरीद्वारा गिरफ्तारी

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराध सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति...

अन्य समाचार

- Advertisement -spot_img