Friday, March 6, 2026
53.4 F
Washington DC.

डिसीमा टाउकोविहीन शव फेला; संदिग्ध व्यक्ति हिरासतमा

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

टाउको र हातहरू काटिएको र आंशिक रूपमा कुहिएको एक व्यक्तिको शव उत्तरपूर्वी डीसीस्थित एक रो-हाउसको ब्याकयार्डमा फेला परेको छ।

डिसि स्थित प्रहरीका अनुसार हत्या सन् २०२२ को अन्त्यतिर भएको प्रहरीको अनुमान छ।

घरको ब्याकयार्डमा सफा गर्ने क्रममा आंशिक रूपमा कुहिएको, काटिएको शव फेला पारेको घरमा बस्ने एक संदिग्ध व्यक्तिले फेब्रुअरी ३ मा प्रहरीलाई खबर गरेका थिए। पीडितको शव कालो प्लास्टिक भएको ट्रास झोलामा फेला पारेका बताएका थिए । त्यसपछि प्रहरीले घरको पछाडिको सम्पूर्ण भाग खोजी गर्न खोजी वारेन्टको जारी गरेको थियो ।

प्रहरीले अनुसन्धान जारी राखेको भए पनि बुधबार राति घरमा बस्ने उक्त व्यक्तिले फेरि प्रहरीलाई बोलाएर पीडितको हत्या गरी शवलाई घरको आँगनमा टुक्राटुक्रा पारेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले हत्याको शंकास्पद व्यक्ति ३२ वर्षीय लभन बार्नेस भएको बताएको छ।

पीडितलाई घरमा काम गर्नका लागि राखिएको प्रहरीले जनाएको छ ।

घरको बेसमेन्टमा दुई व्यक्तिहरु बिच झगडा हुदा संदिग्ध व्यक्तिले बार्नेसको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको जनाइएको छ।

अर्कातर्फ, पीडित व्यक्ति बेपत्ता भएको रिपोर्ट दर्ता भएको नदेखिएको प्रहरीले जनाएको छ।

बार्नेसलाई पहिलो डिग्री हत्याको आरोप लागेको छ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img