Friday, April 11, 2025
46.3 F
Washington DC.

म्यानमारको सैन्य सरकारले वफादार नागरिकहरूलाई हतियार दिने निर्णय: गृहयुद्ध हुन सक्ने विश्लेषकको चिन्ता

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

म्यानमारको सैन्य सरकार- जन्टाले सेनाप्रति वफादार नागरिकहरूलाई हतियार बोक्न दिने निर्णय गरेको छ। स्थानीय सञ्चारमाध्यममा आएका समाचारमा यसलाई निजी सेना बनाउने प्रयास भएको बताइएको छ । जन्टाले पूर्व सैनिक र यसका समर्थक समुदायहरूलाई हतियार दिन लागेको अनुमान गरिएको छ । सैन्य शासन विरुद्ध विद्रोही समूहहरूसँग लड्न प्रयोग गर्न हतियार दिने योजना भएको विद्रोही समूहको आरोप छ ।

३१ जनवरीमा सञ्चारमाध्यममा जारी गरिएको दस्तावेज अहिले सार्वजनिक भएको छ । यो कागजात म्यानमारको गृह मन्त्रालयले जारी गरेको बताइएको छ। १८ वर्षभन्दा माथिका व्यक्तिलाई हातहतियार बोक्ने अनुमतिपत्र दिन सकिने उल्लेख छ । उनीहरुले आफ्नो सुरक्षाका लागि यो लाइसेन्स पाउनेछन् तर उनीहरुले सरकारप्रति वफादार रहेसम्म मात्र यो सुविधा पाउने बताइएको छ ।

म्यानमार टाइम्सका अनुसार सैन्य परिषद्को गृह मन्त्रालयको १५ पृष्ठको कागजातले डिसेम्बर ३१ को मन्त्रिपरिषद् बैठकमा गरेको निर्णयको आधारमा जनवरी ३१ मा अधिकार दिएको बताएको छ। यसले अनुमति दिइएको बन्दुकका प्रकारहरू र साथै इजाजतपत्र र अनुमतिहरूको लागि आवेदन गर्नेहरूका लागि योग्यता मापदण्डहरू उल्लेख गरेको छ, जसको एक वर्षको वैधता हुनेछ।

यस दस्तावेज अनुसार अब सुरक्षा बलसँगै विद्रोही समूहसँग लड्ने समूह र मिलिसियालाई पनि स्वचालित राइफल र सबमेसिन गनको अधिकार हुनेछ । तर यो अधिकार पाउनका लागि सरकारले ‘कानून प्रबर्दन गतिविधि’मा लाग्न बोलाएमा त्यो आदेश पालना गर्ने सर्तमा सहमत हुनुपर्ने हुन्छ ।

सेना समर्थक मिलिसिया प्यु सो हाटीलाई सशस्त्र बनाउने योजना बुझिएको छ। म्यानमारमा फैलिएको सशस्त्र विद्रोहको सामना गर्न मिलिशिया तैनाथ हुने अपेक्षा गरिएको छ। जबकि आलोचकहरु सैनिक शासनको यो निर्णयले मुलुकमा जारी गृहयुद्धलाई थप तिव्रता दिन सक्ने बताउँछन् । जसका कारण मुलुकमा हिंसाको वातावरणले गम्भीर रुप लिन सक्छ ।

म्यानमार मिडियामा रिपोर्ट गरिएको कागजात देशको गृह मन्त्रालयले औपचारिक रूपमा जारी गरेको छैन। तर वेबसाइट NikkeiAsia.com को रिपोर्ट अनुसार गृह मन्त्रालयका प्रवक्ताले यस सम्बन्धमा मिडियामा दिएको विवरणको पुष्टि गरेका छन्। प्रवक्ताले भनेका छन् – धेरै नागरिक आफैले हतियार मागेका छन् । सेनासँग सम्बन्ध भएका विद्रोही समूहहरूले धेरै नागरिकहरूलाई निशाना बनाएका छन्।

विश्लेषकहरूका अनुसार म्यानमारको सैन्य सरकारले अहिले देशको शान्ति र व्यवस्थालाई आफ्नो प्राथमिकतामा राखेको छ। उनीहरु अगस्टमा हुन लागेको निर्वाचनअघि देशमा सामान्य अवस्थाको पुनर्स्थापनाको संकेत दिन चाहन्छन्। यही प्रयास अन्तर्गत फेब्रुअरी १ ​​मा देशका ३३० मध्ये ३७ सहरमा मार्सल ल लगाइएको थियो। अब सोही दिशामा कदम चाल्दै नागरिकलाई हतियार दिने योजना ल्याएको छ ।

म्यानमारमा, सेनाले फेब्रुअरी १, २०२१ मा सत्ता कब्जा गरेको थियो र त्यस पस्चात निर्वाचित प्रतिनिधिहरूलाई जेलमा हालेको थियो । त्यसयता सैन्य सरकारले देशमा व्यापक जनविरोधको सामना गरेको छ। गत वर्ष देशका धेरै ठाउँमा सशस्त्र विद्रोह भयो । यसलाई दमन गर्न सेनाले आफ्नो सम्पूर्ण शक्ति लगाए पनि अहिलेसम्म यस दिशामा खास सफलता हात पार्न सकेको छैन ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img