Monday, May 19, 2025
74.2 F
Washington DC.

फिलिपिन्समा विमान दुर्घटना, खोजी जारी

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

मध्य फिलिपिन्समा चार जना सवार एउटा सानो विमान दुर्घटना भएको छ । उद्धारकर्मीहरुले उनीहरुको खोजी गरिरहेको नागरिक उड्डयन कार्यालयका एक अधिकारीले संचार माध्यमलाई बताएका छन् ।

नागरिक उड्डयन कार्यालयका अनुसार विमानमा चालक दलका एक सदस्य र दुई यात्रु सवार थिए । राजधानीको दक्षिणमा रहेको बिकोल अन्तर्राष्ट्रिय विमानस्थलबाट मनिलाका लागि उडेको सेसना ३४० विमान शनिबार बिहान बेपत्ता भएको थियो ।

स्थानीय खोज तथा उद्धार टोलीले विमानस्थल नजिकै सम्भावित दुर्घटनास्थल पहिचान गरेका छन्, नागरिक उड्डयन कार्यालयका प्रवक्ता एरिक अपोलोनियोले एएफपीलाई बताए। प्रतिकूल मौसमका कारण खोजी कार्यमा कठिनाई भएको छ । फिलिपिन्सको उत्तरी प्रान्त इसाबेलामा सेस्ना विमान दुर्घटना भएको एक महिनाभन्दा कम समयपछि अर्को विमान दुर्घटना भएको छ ।

यो दुर्घटना उत्तरी प्रान्त इसाबेलामा जनवरी २४ मा अर्को सेस्ना विमान बेपत्ता भएको एक महिना भन्दा कम पछि भएको हो। त्यो विमानको भग्नावशेषको खोजी अझै जारी छ, अपोलोनियोले भने। स्रोत: एएफपी

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img