spot_img
Friday, May 17, 2024
61.9 F
Washington DC.
spot_img

यस हप्ताको ठट्टा-मजाकः तारा हेर्दै श्रीमतीले श्रीमानलाई सोधिन 

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चुटकिला र हास्य ब्यङ्गले हामी सबैलाई हँसाउँछ र हाम्रो जीवनको तनाव कम गर्न सहयोग गर्दछ। यसले हामीलाई नयाँ उर्जाको अनुभूति गराउँछ । वर्तमान समयमा हामी सबैको लागि हाँसो धेरै महत्त्वपूर्ण छ। यदि तपाईं हाँस्दै खुशी रहनुभयो भने, तपाईं मानसिक तनावबाट टाढा रहनुहुन्छ। त्यसैले हामी सबैले दिनमा कम्तिमा एक पटक हाँस्नुपर्छ। अत : हामीले तपाईका लागि केही रमाइलो जोक्स/चुटकिला ल्याएका छौं, जुन पढेपछि तपाईहरु पक्कै पनि रमाउनु हुनेछ । यसबाट तपाईको मानसिक स्वस्थमा सहयोग पुगोस भन्ने हाम्रो उदेश्य रहेको छ। 

तारा हेर्दै श्रीमतीले श्रीमानलाई सोधिन 

तारा हेर्दै श्रीमतीले श्रीमानलाई सोधिन – त्यो के हो दिनहुँ देख्न पाइन्छ तर ल्याउन सकिदैन…? , , , श्रीमानले जोशमा आउदै पुलुक्क पल्लो घर तर्फ हेर्दै जवाफ दिए- छिमेकी…!

श्रीमतीको नयाँ कार किन्ने ईच्छा

श्रीमानले श्रीमतीको जन्मदिनमा सोधे- तिमीलाई के उपहार दिउ ? श्रीमतीको नयाँ कार किन्ने र सडकमा रफ्तारले चलाउने ईच्छा थियो , त्यसैले उनले साङ्केतिक भाषामा उपहार माग्ने सोच बनाइन। यताउता आखा घुमाउदै भनिन – मलाई यस्तो कुरा उपहारमा दिनु जसमा म चढ्ने बित्तिकै दुई सेकेन्डमा ० देखि ८० सम्म पुगोस … बेलुका नै श्रीमानले तौल नाप्ने मेसिन ल्याएर दिए । अहिले घरमा गृह युद्धको माहोल छ। …. 

प्रेमिकालाई ब्युटी पार्लर

सन्तु आज अफिस ढिलो पुग्यो, हाकिमले कटकिदै सोधे – अहिलेसम्म कहाँ थियौ ? अफिस आउने समय यहि हो? सन्तु – सर आज म आफ्नी प्रेमिकालाई ब्युटी पार्लर छोड्न गएको थिए , त्यसैले ढिलो भयो । हाकिम- चुप लाग, भोलिबाट समयमा अफिस नआउने हो भने जागिर चट । सन्तुले भन्यो- ठिक छ हाकिम साहेब .… आफ्नो श्रीमतीलाई ब्युटी पार्लर सधै आफै लिएर जानु । सन्तुको कुरा सुनेर हाकिम भए बेहोस !

श्रीमतीले ब्रत बस्न छोडेको देखेर सन्तु छक्क 

आजकाल श्रीमतीले ब्रत बस्न छोडेको देखेर सन्तु छक्क परे। सन्तु – बिहेअघि धेरै व्रत गर्थ्यौ, आजकाल के भयो…? श्रीमती – धेरै होइन, १६ सोमबार मात्रै ब्रत बस्ने गर्थे ! सन्तु- त्यसो भए अब के भयो…? श्रीमती – तिमीले मलाई बिहे गरे पश्चात मेरो माग पुरा भएकाले मैले व्रत समाप्त गरे …!

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img