spot_img
Monday, May 13, 2024
51.8 F
Washington DC.
spot_img

आइतबारे ठट्टा: आजको प्रस्तुतीमा सासु- बुहारीदेखि श्रीमान्-श्रीमती विचका जोक्सहरू

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आजकाल सामाजिक सञ्जाल ठट्टा मजाकको खानी झै भएको छ । हामीले त्यस खानीबाट केही रमाइला र चटपटा जोक्स, छेडछाड, व्यंग ल्याएका छौं। यी सामाग्रीहरूले हंसाउछन । पढौं र ठूलो स्वरले हाँसौं।

हास्यास्पद जोक्सहरू तनाव कम गर्न सहयोगी हुन्छन। त्यसैले हामी तपाईंलाई हँसाउनका लागि प्रतेक आइतवार रमाइला जोक्सहरू ल्याउने गरेका छौं। आजको प्रस्तुतीमा सासु र बुहारीदेखि लिएर श्रीमान्-श्रीमती विचका जोक्सहरू समावेस छन्, जुन पढेर तपाई पक्कै हांस्नुहुनेछ ।

१.
बिहेपछि पहिलो पटक बुहारीले रेसिपी बुक हेरेर खाना पकाउँदै थिइन् ।

सासु (फ्रिज खोलेर) : अरे बुहारी, यो मन्दिरको घण्टी किन फ्रिजमा राखेको?

बुहारीः आमा, किताबमा लेखेको छ यी सामान सहित एक घण्टा फ्रिजमा राख्नु ।

सासु बेहोस !

xxxxxxxx

२.
खाने टेबलको ठीक माथि सेरेको छाना चुहिएको रहेछ ।

प्लम्बरले सोधे- छत चुहिँदैछ भनेर कहिले थाहा भयो ?
सेरे- हिजो राति ३ घण्टासम्म मेरो पेग सकिएन, अन्तिम पेग सकिए पछि थाहा भयो ।

xxxxxxx

३.
प्रेमिका- सुन, मेरो मुखको छाला धेरै चिप्लो हुन थालेको छ…
मलाई सल्लाह देउ न के उपचार गरौ?
प्रेमी – भिम पाउडर पाउडर प्रयोग गर, यसले फेसको सबै ग्रीस हटाउनेछ

त्यसपछि प्रेमीकाले कुचो प्रहार गरेपछि सित्तैमा ब्रेकअप भयो ।

xxxxxxxxx

४.
वकिल : हत्या भएको रात तिम्रो श्रीमानले तिमीलाई अन्तिम शब्द के भनेका थिए ?

महिला : “संगीता मेरो चस्मा कहाँ छ” भनेर सोधेका थिए…

वकिल: त्यसो भए उ कसरी मर्यो त …?

महिला: मेरो नाम रञ्जना हो, उसको गर्ल फ्रेन्ड संगीता भन्ने थाहा भयो!

महिलाको यो भनाईपछि पूरै अदालत मौन भयो ।

xxxxxxxxx

५.
आफ्नो कमेडीले सबैलाई हसाउने धुर्मुसलाई यमलोकमा लैजाँदा यमराजले भने…

यमराज-वत्स ! तपाई कहाँ जान चाहनुहुन्छ… स्वर्ग वा नर्क?

धुर्मुस – महाराज ! मोबाइल र चार्जर लिन बिर्सिएछु।दुबै उपलव्ध गराई पाउं!

त्यसपछि महाराज, म स्वर्ग वा नर्क जहा भएनी बाँच्नेछु …

xxxxxxxxx

६.
एउटी केटीको बिहे हुँदै थियो ।
विवाहमा दुलहीका पूर्व प्रेमी पनि उपस्थित थिए ।

बेहुलीको बुवा (ति युवकलाई देखेर) – तिमी को हौ, वावु?
युवक (पूर्व प्रेमी)- बुवा, म सेमिफाइनलमा आउट भएको हुं, आज फाइनल हेर्न आएको छु ।

xxxxxxxxxx

७.
प्रेमी- म तिमीलाई हनिमुनमा नाम्चे लैजान्छु।
प्रेमिका – साँच्चै ?
प्रेमी – हो, सांच्चै

प्रेमिका- विवाहको पहिलो वार्षिकोत्सवमा कहाँ लैजान्छौ ?
प्रेमी- त्यसो भए म तिमीलाई नाम्चेबाट सिधै विरगन्ज फिर्ता ल्याउँछु।

xxxxxxxxxx

८.
धुर्मुस- साथी, हिजो साँझ भाउजुले तिमीलाई किन यति धेरै कुटेको ?
मुन्द्रे- के भनु, सरकारी जागिर गर्दा मन पनि बिग्रियो ।
धुर्मुस- तर के भयो यार ?
मुन्द्रे- हिजो प्रेमिकालाई चिठ्ठी लेखेर श्रीमतीलाई जानकारी र आवश्यक कारबाहीका लागि ईमेल पठाएको…घर पुगेपछी पाए राम धुलाई!
xxxxxxxxxx

९.
युवक- म तिमीलाई माया गर्छु, के तिमी मेरो प्रेमिका बन्न ईच्छुक छ्यौ ?
युवती- मलाई तिम्रो नम्बर देउ, हालको संग ब्रेकअप गरेपछि मिस कल दिनेछु।
युवतीको कुरा सुनेपछि केटाले उसको अनुहार हेरिरहे ।

Cartoon Illustration of Young Couple in Love in the Restaurant or Cafe

xxxxxxxxxx

१०.
श्रीमती- श्रीमतीलाई स्वर्गमा श्रीमानसँग बस्न दिदैनन भनेर सुनेको छु… के यो सांचो हो?
श्रीमान – हो मैले यहि सुनेको छु, त्यसैले त त्यो ठाउँलाई स्वर्ग भनिन्छ…!
त्यसपछि श्रीमतीले श्रीमानलाई पाँच दिनसम्म पृथ्वीमा नरक देखाइदिइन् ।

११.

पति- मैले किनेको चिठ्ठा पर्यो भने के गर्छ्यौ प्रीया?
पत्नी- आधा पैसा लिएर सधैंको लागि माइत जान्छु, बींकी जीवन सुखले उतै बिताउछु!
पति- १०० रुपैयांको चिठ्ठा परेको छ, त्यसो भए लेउ ५० रूपैयां अनि जाउ माइत…!

पत्नी..ग्वां…!!

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img