spot_img
Monday, May 13, 2024
49.1 F
Washington DC.
spot_img

ठट्टा-मजाकः सोल्टा-सोल्टिनी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हप्ता दिनको थकान मेटाउन यदि तपाइँ ठट्टा मजाक पढन चाहनुहुन्छ भने तपाइँ यी हास्यास्पद चुटकिला (जोक्स ) पढ्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको यी चुटकिलाहरुलाइ हामीले सोल्टा र सोल्टिनी बिचको घोचपेचका रुपमा प्रस्तुत गरेका छौ। सोल्टा र सोल्टिनीको जोक्स पढेपछि तपाईको अनुहारमा मुस्कान आउनेछ, जसलाई तपाईले चाहेर पनि रोक्न सक्नु हुने छैन ।

१. सोल्टिनी कुखुराको मासु पकाउदै
सोल्टिनीले आज कुखुराको मासु पकाउदै थिइन् …
सोल्टा घरमा आइपुगे ।।।। थाकियो, के छ हौ सोल्टिनी खाजा ?
सोल्टिनी : कुखुराको मासु पकाउदै छु है सोल्टा !
मुख तिखार्दै भान्सामा आउदै सोल्टी सोध्छन। , कहाँ छ कुखुराको तिग्रा ?
सोल्टिने : भाले त लङ्गडो थियो, खुट्टा नै थिएन।
सोल्टा : त्यसो भए मुटु कहाँ छ ?
सोल्टिनी – भालेले लिएर गै हाल्यो नी न।
सोल्टा : गिदी कहाँ छ ?
सोल्टिनी – अरे सोल्टा, यसको भालेसंग बिहे भएको थियो , त्यसैले यसमा गिदि नै थिएन !

********************************

२. संसारमा सबैभन्दा सभ्य
सोल्टी – तिमीलाई थाहा छ संसारमा सबैभन्दा सभ्य को हो?
सोल्टिनी – संसारमा सभ्य , असल र इमान्दार ति मान्छेहरु मात्र हुन्छन्…जसले मोबाइलमा पासवर्ड राख्दैनन् ।

********************************

३. तास खेल्ने सोल्टालाई सोल्टिनीको सुझाव
सोल्टिनी – सोल्टाजी हेर, धेरै तास नखेल। सधै तास खेल्ने सोल्टालाई सोल्टिनीले सुझाव दिदै भनिन:
तिम्रो बानी यस्तो छ कि आज जित्यौ भने भोलि हार्ने गरेका छौ , अनी भोलि जित्यो भने पर्सि फेरी हार्छौ ।
सोल्टाले घडि हेर्दै भने – सोल्टिनीको सुझाव बल्ल मात्र बुझेँ, अबदेखि एक दिन बिराएर खेल्छु है !

सोल्टाको कुरा सुनेर सोल्टिनी ग्वा।

********************************

३. पार्टिमा आगो लगाउनु पर्छ
सोल्टा सोल्टिनी आज पार्टीमा जान्छन् ।
आज पार्टिमा हामी दुई मिलेर आगो लगाउनु पर्छ , सोल्टाले सोल्टिनी तर्फ हेर्दै भने ।
सोल्टिनी : मैले सलाई ल्याउन बिर्सेँ ।
सोल्टा , हैट , म डान्सको कुरा गर्दैछु।
हो त सोल्टा ज्यु , तिमी नाच्दा मान्छेले स्टेजमा पक्कै आगो लगाइ दिन्छन ।

सोल्टिनीको कुरा सुनेर सोल्टा ग्वा।

********************************

४. दिदि भन्दा सुन्दर
सोल्टा सोल्टिनी कुरा गर्दै थिए
सोल्टा : तिमि दिदि भन्दा सुन्दर छौ
सोल्टिनी:म जेठी हु
सोल्टा : तिमी यति सुन्दर छौ, के प्रयोग गर्छौ भन त् ।
सोल्टिनी – फोटोसप
सोल्टा बेहोस। …

********************************

५. बिहे गरेर फाइदा
श्रीमानले श्रीमतीलाई आफ्नो मनको कुरा भने…
श्रीमान – तिमीसँग बिहे गरेर फाइदा भयो ।
श्रीमती – के फायदा ?
श्रीमान्– पापको सजाय यही जन्ममा पाएको छु ।

श्रीमती बेहोस। …

********************************

५. मेरो सबैभन्दा राम्रो के मन पर्छ?
सोल्टा – तिमीलाई मेरो सबैभन्दा राम्रो के मन पर्छ ?
सोल्टिनी – समय संगै मान्छेहरु बदलिए तर सोल्टा तिमी जस्ताको तस्तै ।
सोल्टा – त्यो कसरी ?
सोल्टिनी – मैले तिमीलाई भेट्दा तिमी बेरोजगार थियौ, आज पनि बेरोजगार नै छौ ।

सोल्टा बेहोस। …

********************************

६. पसले र ग्राहक
किराना पसल पुगेर ग्राहकले साहुलाई सोध्छन
गाह्रक: हजुर यहाँ के के पाइन्छ होला ??
साहु आफ्नै धुनमा सामानहरु मिलाउदै हुन्छन ….
गाह्रक:(साहुले न सुनेपछि।।अलि ठुलो ठुलो स्वरमा…) साहुजी यहाँ के के पाइन्छ होला ??
साहु पुलुक्क ग्राहकलाई देखेर झर्कदै जवाफ दिन्छन : सबैथोक पाइन्छ के चाहियो..
गाह्रक: उसो भए पल्लो घरमा बस्ने रेखा थापाको नम्बर दिनुन ।
के रे ?

कुरा सुनेर साहु बेहोस…. !

********************************

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img