spot_img
Monday, May 13, 2024
55.5 F
Washington DC.
spot_img

यस हप्ताको ठट्टा-मजाकः  मेरो छोरी त तोते बोल्छे!

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

हप्ता दिनको थकान मेटाउन यदि तपाइँ ठट्टा मजाक पढन चाहनुहुन्छ भने तपाइँ यी हास्यास्पद चुटकिला (जोक्स ) पढ्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा भाइरल भइरहेको यी चुटकिलाहरु प्रस्तुत गरेका छौ। यी चुटकिलाहरु पढेपछि तपाईको अनुहारमा मुस्कान आउनेछ, जसलाई तपाईले चाहेर पनि रोक्न सक्नु हुने छैन।

१. स्कूल नआएको यस्तो अद्भुत बहाना
शिक्षक – धेरै दिन कता गायब , किन स्कूल नआएको ?
रमेश – ‘बर्ड फ्लू’ भएको थियो सर।
शिक्षक: तर यो रोग त चरालाइ पो हुने हो , मानिसमा होइन
रमेश (टाउको कन्याउदै ) – तपाईले मलाई मानिस कहाँ सम्झनु हुन्छ र ? सधै कुखुरा बनाउनु हुन्छ।

२. प्रेमिका र उनको रिस
प्रेमिका (रिसाउदै ) – तिमि किन यति ढिला आएको ? म घन्टौ देखि पर्खेर बसेकी छु।
प्रेमी- हाकिम संग डिनर खान गएको थिए ।
प्रेमिका- तिमीले डिनरमा के खायौ?
प्रेमी – गाली

३. युवतीको कुरा सुनेर माग्ने ग्वा।
माग्ने: खानको लागि केहि दिनुहोस्
युवती – टमाटर खाउ
माग्ने – रोटी खान मन छ , दिनुहोस् न ।
युवती – टमाटर खाउ
माग्ने- ठिक छ , टमाटर भए पनि दिनु होस्
युवतीकी आमा – हे बाबा (माग्ने), तपाईलाई थाहा छैन , मेरो छोरी त तोते बोल्छे …
.. उसले कमाएर खाउ भनेकी !

४. बुबा र उनका होनहार छोराहरु
बुबा: मसँग ४ जना जवान छोराहरु छन :
पहिलो: एमबीए
दोस्रो: एमसीए
तेस्रो: पीएचडी
चौथो : चोर ।
छिमेकी : किन तपाईं घरबाट चोरलाई निकाल्नु हुन् यार ?
बुबा: उसले कमाउँछ, अरु सबैजना बेरोजगार छन् …

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img