Friday, March 6, 2026
53.4 F
Washington DC.

ब्राजिलका विभिन्न सहरमा बाढी र पहिरो, २४ जनाको मृत्यु, कार्निभल रद्द

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ब्राजिलको सबैभन्दा बढी जनसंख्या भएको राज्य साओ पाउलो बाढी र पहिरोबाट नराम्ररी प्रभावित भएको छ । उत्तरी राज्य साओ पाउलोका धेरै शहरहरू बाढी र पहिरोका कारण अत्यन्तै कठिन अवस्थामा भएको ब्राजिलका अधिकारीहरूले आइतवार बताएका छन्। बाढी र पहिरोका कारण हालसम्म २४ जनाको ज्यान गएको र यो संख्या बढ्न सक्ने अधिकारीहरूले संचार माध्यमलाई बताएका छन ।

कार्निवल उत्सव रद्द
साओ पाउलोका दुई सहर साओ सेबास्टियो र बेर्टियोगा सबैभन्दा बढी प्रभावित भएका छन् । उद्धारकर्ताहरूले भग्नावशेषमा बेपत्ता, घाइते र मृतकहरूलाई फेला पार्न प्रयास गरिरहेकाले दुवै शहरहरूले कार्निवल उत्सवहरू रद्द गरेका छन्।

साओ सेबास्टियोका मेयर फेलिप अगस्टोका अनुसार कठिनाईका कारण उद्धारकर्ताहरू धेरै ठाउँहरूमा पुग्न सकेका छैनन। अगस्टोले आफ्नो शहरमा भएको विनाशको धेरै भिडियोहरू आफ्नो सोशल मिडिया च्यानलहरूमा पोस्ट गरेका छन् ।

गभर्नरद्वारा सार्वजनिक आपतकालीन अवस्थाको आदेश जारी
साओ पाउलो राज्य सरकारले एक विज्ञप्ति जारी गर्दै यस क्षेत्रले एक दिनमा ६०० मिलिमिटर भन्दा बढी वर्षा रेकर्ड गरेको , जुन ब्राजिलमा यति छोटो अवधिमा सबैभन्दा धेरै हो भनेको छ । उक्त अवधिमा बर्तियोगामा मात्रै ६८७ मिलिमिटर वर्षा भएको राज्य सरकारले जनाएको छ । गभर्नर टार्सिसियो डे फ्रेटासले एक विज्ञप्ति जारी गर्दै सेनासँग सहयोगको लागि अनुरोध गरेको छ, जसले क्षेत्रमा दुईवटा हवाई जहाज र उद्धार टोली पठाउने बताएका छन। उनले उबातुबा, साओ सेबास्टियो, इल्हाबेला, कारागुआटुबा र बर्टियोगा सहरहरूको लागि सार्वजनिक आपतकालिन अवस्थाको आदेश जारी गरेका छन।

टिभी फुटेजले घरहरू बाढीले भरिएको र छाना मात्र देखिन्छ। स्थानीय बासिन्दाले सामान र मानिसलाई उच्च स्थानमा लैजान साना डुङ्गाको प्रयोग गरिरहेका छन् । रियो दि जेनेरियोलाई बन्दरगाह सहर सान्तोससँग जोड्ने सडक पहिरो र बाढीका कारण अवरुद्ध भएको छ ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक कथा

भर्जिनियाका एक छात्रको दुर्घटना र जीवनमरणको सङ्घर्ष , अहिले ‘फुटलुस’ म्युजिकलमा मुख्य भूमिका — प्रेरणादायक...

अन्य समाचार

- Advertisement -spot_img