spot_img
Friday, November 22, 2024
36 F
Washington DC.
spot_img

कुन तरकारीमा पाईन्छ भिटामिन सी ?

भिटामिन सी धेरै एंटीओक्सिडेंट मध्ये एक हो। एन्टिअक्सिडेन्टहरू पोषक तत्व हुन् जसले फ्री रेडिकलको कारणले हुने क्षतिलाई रोक्छ।

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आमरुपमा हामीले भिटामिन सी पाइने खाने कुराका बारेमा चर्चा गर्दा अमिला फलफूलको मात्र नाम लिने गर्दछौ । तर, त्यस्तो होइन, अमिला फलफूल बाहेक हाम्रो भान्सामा दैनिक पाक्ने तरकारीहरुमा समेत भिटामिन सी पाइन्छ ।

भिटामिन सी शरीरका लागि धेरै किसिमले फाइदाजनक हुन्छ। यसले रोग प्रतिरोधी क्षमता निर्माण संगै मौसमी संक्रमण जस्तै: रुघा खोकी लाग्न वा कम गर्न मद्दत गर्छ। भिटामिन सी ले विशेष गरी हड्डी स्वस्थ राख्न मद्दत गर्दछ। भिटामिन सीको कमी भएका मानिसहरूमा सधैं क्याल्सियमको कमी हुन्छ।

भिटामिन सी धेरै एंटीओक्सिडेंट मध्ये एक हो। एन्टिअक्सिडेन्टहरू पोषक तत्व हुन् जसले फ्री रेडिकलको कारणले हुने क्षतिलाई रोक्छ।

धुम्रपानको धुवाँ वा विकिरणको सम्पर्कमा आउँदा हाम्रो शरीरमा फ्री रेडिकलहरू बन्दछ । समयको क्रम संगै फ्रि रेडिकलहरूको निर्माण धेरै हदसम्म बुढ्यौली प्रक्रियामा हुन्छ। फ्रि रेडिकलहरूले क्यान्सर, हृदय रोग, र आर्थोराइटिक्स जस्ता रोगहरु लगाउन भूमिका खेल्न सक्छ।

यस्तो अवस्थामा भिटामिन सी युक्त फलफूलका अलावा कुन तरकारीमा भिटामिन सी बढी हुन्छ यसबारे पनि जानकारी लिनु आवस्यक छ। आउनुहोस् यस बारेमा विस्तृत चर्चा गरौं।

भिटामिन सी पाइने तरकारी
१ . मटर
मटर भरपूर भिटामिन सी प्राप्त हुने तरकारी हो। ५० ग्राम मटरमा करिब २० मिलिग्राम भिटामिन सी हुन्छ । आँखाको स्वास्थ्यलाई प्रवर्द्धन गर्नेदेखि मुटुलाई स्वस्थ राख्न र पाचनक्रियालाई नियमित राख्न लगायत स्वास्थ्यका लागि धेरै किसिमले फाइदाजनक मानिन्छ ।

२. टमाटर
टमाटरले भिटामिन सी, ए, के र पोटासियमको राम्रो स्रोत प्रदान गर्दछ। टमाटरलाइ काँचो खान सकिन्छ वा सलाद तथा तरकारीमा मिसाएर खान सकिन्छ । टमाटरको जुस वा प्यूरीले पनि भिटामिन सीको राम्रो मात्रा दिन सक्छ। प्रत्येक ५० ग्राम टमाटरमा ६.८५ मिलिग्राम भिटामिन सी हुन्छ, जुन अन्य तरकारीको भन्दा धेरै बढी हुन्छ।

३ . क्याप्सिकम (भेडे खुर्सानी)
रातो, पहेंलो र हरियो भेडे खुर्सानीमा सुन्तलाको तुलनामा तीन गुणा बढी भिटामिन सी हुन्छ। भेडे खुर्सानीमा १२५ मिलीग्राम भिटामिन सी पाइन्छ। त्यसैले यसको तरकारी वा सलाद बनाएर खादा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

४ . ब्रोकाउली
ब्रोकाउलीलाइ भिटामिन सीले भरपूर भएको तरकारी मानिन्छ । ब्रोकाउलीलाई खाने विधिका बारेमा चर्चा गर्दा यसलाई काँचो वा पकाएर खान सकिन्छ र यसलाई सलाद बनाएर वा तरकारीमा मिसाएर पकाउन सकिन्छ । प्रत्येक ५० ग्राम ब्रोकाउलीमा लगभग ४४. ५ मिलिग्राम भिटामिन सी पाइन्छ। त्यसैले दैनिक खानेकुरामा ब्रोकाउलीलाई समावेश गर्दा स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

(यो लेख सामान्य जानकारीको लागि हो, कुनै पनि उपाय अपनाउनु अघि डाक्टरसँग परामर्श गर्नुपर्छ)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img