Tuesday, April 15, 2025
60.5 F
Washington DC.

पश्चिमा देशले युक्रेन युद्ध भड्काएको रुसी राष्ट्रपति पुटिनको आरोप

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशले युक्रेनसँगको युद्ध भड्काउने र थप उत्तेजक बनाउने काम गरिरहेको आरोप लगाएका छन् ।अमेरिकाका राष्ट्रपति जो बाइडनले युक्रेनको राजधानी किएभको अप्रत्याशित भ्रमण गरेको भोलिपल्टै पुटिनको यो सम्बोधन आएको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको वर्षदिन पुग्नै लाग्दा आएको यो सम्बोधनले रुस युक्रेन युद्ध आगामी दिनमा थप आक्रामक र विनाशकारी हुने संकेत दिएको छ ।

राष्ट्रका नाममा मंगलबार सम्बोधन गर्दै पुटिनले युक्रेनविरुद्धको एक वर्ष लामो युद्धलाई निरन्तर जारी राख्ने दृढतासमेत व्यक्त गरेका छन् । उनले पश्चिमा देशले लगाएको आर्थिक प्रतिबन्धले रुसी अर्थतन्त्रलाई हानि पुर्‍याउन नसकेको दाबी गरे । पुटिनले युक्रेनविरुद्धको युद्धमा रुसी सेनाले देखाएको बहादुरीको प्रशंसा गर्नुका साथै सैनिक र उनका परिवारलाई थप सहयोग गरिने प्रतिबद्धता जनाए ।

आफ्नो सम्बोधनका क्रममा पुटिनले युक्रेनमाथि आक्रमण गर्नु अवश्यम्भावी रहेकामा जोड दिएका छन् । उनले युक्रेनलाई लामो दूरीको मार हान्ने थप हतियार आपूर्ति नगर्न पश्चिमा देशलाई चेतावनीसमेत दिएका छन् । आफ्नो सम्बोधनमा पुटिनले पश्चिमा राष्ट्रले विश्व मामिलामा असीमित शक्ति खोजिरहेको आरोप पनि लगाएका छन् ।

उता युक्रेनको छिमेकी देश पोल्यान्डमा रहेका अमेरिकी राष्ट्रपति बाइडनले पनि आजै सम्बोधन गर्ने कार्यक्रम छ । आफ्नो सम्बोधनमा बाइडनले रुस-युक्रेन युद्धलाई लोकतन्त्र र निर‌ंकुशताबीचको संघर्षका रुपमा चित्रित गर्ने अन्तर्राष्ट्रिय समाचारमाध्यमले प्रक्षेपण गरेका छन् ।

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

नयाँ वर्ष २०८२ को पहिलो दिन: नेपालीहरूले उल्लासपूर्वक मनाउँदै

आज विक्रम संवत् २०८२ सालको वैशाख १ गते, नेपालभरिका नागरिकहरूले आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष उल्लासपूर्वक मनाइरहेका छन्। यो...

अन्य समाचार

- Advertisement -spot_img