Monday, May 19, 2025
61.1 F
Washington DC.

विश्वकप क्रिकेट लिग-२: नेपालको लगातार चौथो जित, स्कटल्यान्ड २ विकेटले पराजित

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई २ विकेटले पराजित गरैको छ। यो जित संगै नेपालले लिगमा लगातार चौथो जित हात पारेको हो ।

व्याटिंग रोजेको स्कटल्यान्डले नेपाललाई २१३ रनको लक्ष्य दिएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डले ४६ ओभर १ बलमा सबै विकेट गुमाउँदै २१२ रन बनाएको थियो ।

नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए । उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२-२२ रनको योगदान गरे ।

नेपालको कसिलो बलिङकासामु अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए । यस्तै, क्रिस ग्रेभ्सले ७, मार्क वाटले ८ रन बनाए भने सफिआन शरिफ ८ रन बनाउँदै अविजित रहे ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् ।

यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजवंशी र कुशल मल्लले १-१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

नेपालले आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई दुई विकेटले हराउँदै कीर्तिमानी जित हात पारेको हो । नेपालका लागि रोहित पौडेलले कप्तानी पारि खेले । 

जवाफमा उत्रिएको नेपालको सुरुवात गतिलो हुन सकेन । ओपनर कुशल भुर्तेल टिमको स्कोर मात्रै एक रन हुँदा एक दशमलव एक ओभरमा मैदान बाहिरिए । उनलाई मार्क वाटले एलबीडब्ल्यू आउट गरेका हुन् । अर्का ओपनर आरिफ सेख १२ रनमा पेभेलियन फर्किए । ज्ञानेन्द्र मल्लले मात्रै २१ रनमा मैदान बाहिरिए । कुशल मल्ल १७ रनमा आउट भए । सन्दीप जोरा एक, दीपेन्द्र ऐरी ७, सोमपाल कामी २ र सन्दीप लामिछाने ९ रनमा आउट भएपछि नेपाल कमजोर अवस्थामा पुगेको थियो ।

तर, कप्तान रोहित पौडेल र करण केसीले ७५ रनको अविजित साझेदारी गरी टिमलाई जित दिलाएका हुन् । रोहितले एक सय एक बलमा ९५ रन बनाए । उनले सात चौका र चार छक्का प्रहार गरे । रोहितले कप्तानी पारी खेल्दै ५४ बलमा चार चौका र दुई छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । रोहितको एक दिवसीय सातौं अर्धशतक हो । करण केसीले ३१ रन हिर्काए । 

यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

(स्थानिय संचार माध्यमको सहयोगमा)

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

स्याउ बोकेको ट्रकबाट ठूलो परिमाणमा सुन फेला, चालक प्रहरी नियन्त्रणमा

रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइरहेको स्याउ लोड गरिएको एक ट्रकबाट ठूलो परिमाणमा सुन फेला परेको छ।प्रहरीका अनुसार गोसाइँकुण्ड गाउँपालिका अन्तर्गतको...

अन्य समाचार

- Advertisement -spot_img