spot_img
Friday, November 22, 2024
38 F
Washington DC.
spot_img

चुरोटको टुक्राले पत्ता लगायो अमेरिकामा ५२ वर्ष पुरानो हत्याको रहस्य

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

के तपाईं कल्पना गर्न सक्नुहुन्छ कि चुरोटको टुक्राले पनि हत्याराको पहिचान गर्न सक्छ र त्यो पनि ५२ वर्ष पछि? … अमेरिकामा यो सत्य भएको छ। अमेरिकामा एउटा सानो चुरोटको टुक्राले ५२ वर्षअघि भएको हत्याको रहस्य सुल्झाएको छ । वासिङ्टन प्रहरीको यो अनुसन्धान सिद्धान्त अहिले विश्वभर चर्चाको विषय बनेको छ ।

अहिलेसम्म उक्त हत्या प्रकरण अमेरिकामा सबैभन्दा रहस्यमय बनेको थियो । यति लामो समयपछि हत्याको रहस्य यसरी सुल्झाउन सकिन्छ भनेर कसैले कल्पना पनि थिएनन् । वास्तवमा हत्यारा यति धेरै चलाख थियो कि उसले हत्या गरेपछि कुनै पनि प्रमाण छोडेको थिएन। तर चुरोटको सानो टुक्राको मद्दतले अनुसन्धान गर्दा यस प्रकरणका विज्ञहरु हत्यारा सम्म पुग्न सफल भएका छन । यस मुद्दाको समाधान भएदेखि नै वाशिंगटन पुलिसको विश्वभर प्रशंसा भइरहेको छ।

५२ बर्ष अघिको रहस्यमयी हत्या प्रकरण यस्तो थियो

करिब ५२ वर्षअघि अमेरिकामा २४ वर्षीय भर्मन्ट स्कूलकी एक महिला शिक्षकको अज्ञात व्यक्तिले हत्या गरेको थियो । तर हत्याराले कुनै प्रमाण छोडेन । धेरै वर्षसम्म अनुसन्धान गर्दा पनि प्रहरीले कुनै प्रमाण फेला पार्न सकेन । तर प्रहरीले शिक्षकको शव नजिकै रहेको चुरोटको टुक्राको सहयोगमा अनुसन्धान थालेपछि हत्यारासम्म पुग्ने बाटो खुल्यो । यो चुरोटको टुक्रा शिक्षकको अपार्टमेन्टबाट बरामद गरिएको थियो, जसले अनुसन्धानकर्ताहरूलाई सोही घरको माथिको फ्ल्याटमा बस्ने छिमेकी हत्यारा भएको पत्ता लगाउन मद्दत गर्‍यो। छिमेकीले आफ्नी श्रीमतीसँग झगडा भएपछि शिक्षक महिलाको घाँटी थिचेर हत्या गरेको अनुसन्धानकर्ताले बताएका छन् । तर प्रहरीले रहस्यमयी हत्या प्रकरण पत्ता लगाएर हत्यारासम्म पुग्दा उसको धेरै वर्षअघि नै मृत्यु भइसकेको थियो।

बर्लिङ्गटन पुलिसले बरामद गरेको चुरोटको केसको डीएनए परीक्षणले अनुसन्धानकर्ताहरूलाई हत्याराहरूसम्म पुर्‍याएको थियो । सन् १९७१ को जुलाईको राती रिता कुरान नामकी शिक्षिकाको ७० मिनेटको अन्तरालमा हत्या भएको अनुसन्धान अधिकारीहरुको दाबी छ । कुरानले आफ्नो बचावटका लागि चर्को प्रतिकार गरे पनि उनको घाँटी थिचेर मारेको प्रहरीले जनाएको छ । यस मामलामा एक मात्र महत्वपूर्ण प्रमाण एक चुरोट बट थियो, जो कुरानको शरीर नजिकै फेला परेको थियो। विलियम डेरुस भनेर चिनिने संदिग्ध व्यक्ति त्यो रात “कूल डाउन वाक” को लागि आफ्नो अपार्टमेन्ट छोडेका थिए। त्यतिबेला उनी ३१ वर्षका थिए। हिँडेर फर्किसकेपछि उसले त्यो रात आफु बाहिर गएको दुई हप्तासम्म कसैलाई नभन्न आफ्नी श्रीमतीलाई चेतावनी दिएको थियो।

शिक्षिका कुरानको हत्या गरे पछि हत्यारा विलियम डेरुस थाइल्याण्ड गएर एक भिक्षु भएको तर पछि अमेरिका फर्केको प्रहरी अनुसन्धानबाट देखिएको अधिकारीहरुले भनेका छन् । प्रहरीले सन् १९८६ मा सान फ्रान्सिस्कोमा ड्रग ओभरडोजका कारण डेरुसको मृत्यु भएको बताएको छ ।

(एजेन्सीको सहयोगमा )

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

अदानी समूहमाथि घुसखोरीको आरोप: २५ करोड डलरभन्दा बढी घूस प्रस्तावको आरोप

अमेरिकी सिक्युरिटीज एन्ड एक्सचेन्ज कमिसन (एसईसी) ले भारतीय उद्यमी गौतम अदानी, उनका भतिज सागर अदानी, र सिरिल कबान्सविरुद्ध बहु-अर्ब...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img