spot_img
Monday, September 23, 2024
67.3 F
Washington DC.
spot_img

ताजिकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प, क्षतिको विवरण प्राप्त हुन बांकी

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

ताजकिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ। स्थानीय समयअनुसार बिहान ५:३७ बजे ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार पूर्वी ताजिकिस्तानको मुर्घोबदेखि ६७ किलोमिटर पश्चिममा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।

छिमेकी मुलुकहरु किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, चीन र अफगानिस्तानले उक्त भूकम्पको धक्का महसुस गरेका थिए ।

भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यद्यपि, अमेरिकी जियोलोजिकल सर्भेले भने भूकम्पबाट त्यस क्षेत्रका थोरै जनसंख्या पहिरोको जोखिममा पर्ने अनुमान गरेको छ । 

यस अघि चीनसँग सीमा जोडिएको ताजिकिस्तानमा ७ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको चिनियाँ राष्ट्रिय टेलिभिजन सीसीटीभीले जनाएको थियो । 

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

सहकारी ठगी काण्ड: रवि लामिछाने प्रहरी निगरानीमा

पूर्व डीआईजी छविलाल जोशी, जो गोरखा मिडियाका सञ्चालक पनि हुन्, सहकारी ठगी काण्डमा संलग्न भएको आरोपमा काठमाडौँबाट पक्राउ परेका...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img