Thursday, April 17, 2025
50.2 F
Washington DC.

बेलायतमा अत्यावश्यक वस्तुको अभाव, सुपरमार्केटले ग्राहकलाई तीनभन्दा बढी वस्तु नदिने

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

बेलायतका ठूला सुपरमार्केटहरूले खराब मौसम लगायत रुस-युक्रेन युद्धको प्रभावका कारण देखाउदै आयातमा कमि भएको भन्दै  केही फलफूल र तरकारीहरूको खरीदमा सीमाहरू राखेका छन्। यो अवस्था एक महिनासम्म रहन सक्ने बिहीबार बताइएकको छ  ।

“हामी छोटो समयको लागि टमाटर, खुर्सानी र काक्रोहरू प्रति ग्राहक तीनमा सीमित गर्दैछौं, ” सुपरमार्केट चेन टेस्कोले ट्वीटरमा लेखेको छ । यो कमी दक्षिणी युरोप र अफ्रिकाको खराब मौसमका साथै बेलायत र नेदरल्याण्डमा हरितगृह खेतीमा लगाइएको प्रतिबन्धलाइ प्रमूख  कारण दिइएको छ।

तरकारीहरूको खरीदमा लगाइएको उल्लेखित सीमाको अवस्था अझै दुईदेखि चार हप्तासम्म रहने तथा वैकल्पिक स्रोतहरू फेला पार्ने प्रयासहरु यथावत रहेको वातावरण सचिव थेरेस कोफीले संसदमा एउटा जरुरी प्रश्नको जवाफमा हाउस अफ कमन्सलाई भनेका छन्।  उनले भने : ‘हामीले स्थिति अझै दुईदेखि चार हप्तासम्म रहने आङ्कलन गरेका छौ । हामीले प्राथमिकताका साथ् वैकल्पिक स्रोतहरू फेला पार्ने प्रयास गर्नु महत्वपुर्ण छ ।  “

वातावरण, खाद्य र ग्रामीण मामिला विभाग (DEFRA) ले संकटबाट कसरी मुक्ति पाउने  र भविष्यमा यस्तै अवस्थाबाट बच्ने बारे खुद्रा विक्रेताहरूसँग छलफल गरिरहेको उनले भनेका छन्।

यसैबीच विपक्षी लेबर पार्टीले केही आधारभूत खाद्यान्नको अभावमा चिन्ता व्यक्त गरेको छ। श्रम वातावरण सचिव जिम म्याकमोहनले भनेका छन् , ‘खाद्यको उपलब्धताको बारेमा वास्तविक चिन्ता छ र खाद्य सुरक्षाको लागि जिम्मेवार हाम्रो सचिव र खाद्य सुरक्षालाई ध्यानमा राख्नु राष्ट्रिय सुरक्षा हो।’

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img