spot_img
Monday, May 20, 2024
78.9 F
Washington DC.
spot_img

चीन: आणविक युद्ध लड्न नसकिने, शान्ति वार्तालाई प्राथमिकतामा राख्नुपर्ने

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

युक्रेन संकटबारे बोलाइएको संयुक्त राष्ट्र संघको महासभाको विशेष सत्रमा चीनले आणविक युद्धको चेतावनी दिएको थियो । चीनले युक्रेन संकट अझै बढिरहेको बताएको छ ।

युक्रेन सम्बन्धी संयुक्त राष्ट्र संघको ११औं आपतकालीन विशेष सत्रलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रका लागि चीनका उपराजदूत डाई बिङले पश्चिमा राष्ट्रहरूलाई औंल्याउदै युक्रेनमा हतियार पठाउँदा शान्ति नहुने बताए। कूटनीति र संवादबाट मात्रै संकटको समाधान गर्न सकिन्छ भन्ने कुरालाई हामी पुन: दोहोर्‍याउँछौँ। युक्रेन संकटमा आँखा चिम्लिन नहुने भन्दै चीनले अन्तर्राष्ट्रिय समुदायले आगोसँग खेल्नु र स्वार्थ खोज्नुको सट्टा शान्ति वार्ताका लागि अवस्था सिर्जना गर्नुपर्ने बताएको छ।

“हामी यस बारे धेरै चिन्तित छौं। सबै देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गर्नुपर्छ । आणविक हतियार प्रयोग गर्न सकिँदैन, आणविक युद्ध लड्न सकिँदैन” चिनियाँ प्रतिनिधिलेले संयुक्त राष्ट्र संघको महासभाको विशेष सत्रमा भनेका हुन्।

चिनियाँ राजदूतले रुस र युक्रेनबीच शान्ति वार्ताको पहल अन्तर्राष्ट्रिय समुदायले गर्नुपर्ने बताए । कूटनीति र संवादबाट मात्रै संकटको समाधान गर्न सकिन्छ भन्ने कुरालाई हामी पुन: दोहोर्‍याउँछौँ। युक्रेन संकटमा आँखा चिम्लिन नहुने सकिँदैन। चीनले अन्तर्राष्ट्रिय समुदायले आगोसँग खेल्नु र स्वार्थ खोज्नुको सट्टा शान्ति वार्ताका लागि अवस्था सिर्जना गर्नुपर्ने बताएको छ।

डाई बिङले अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो स्वार्थ पूरा गर्नुको सट्टा एकपक्षीय प्रतिबन्ध र अधिकार क्षेत्र प्रयोग गर्न बन्द गर्न आग्रह गरे। बरु अन्तर्राष्ट्रिय समुदायले युद्ध अन्त्यका लागि अनुकूल ढंगले काम गर्नुपर्ने उनको भनाइ छ ।

संयुक्त राष्ट्रसंघका लागि चीनका उपराजदूतले युक्रेन संकटको शान्ति वार्तालाई अन्तर्राष्ट्रिय समुदायको प्राथमिकतामा राख्नुपर्ने बताए । म्युनिख सुरक्षा सम्मेलनमा चीनको टिप्पणीलाई उद्धृत गर्दै डाई बिङले भने कि कीभ र मस्कोबीचको प्रारम्भिक वार्ता रोकिएकोमा चीनलाई खेद छ। डाई बिङले युक्रेन संकट समाधानका लागि वार्ता र वार्ता नै एकमात्र व्यवहार्य उपाय भएको बताए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा चिनियाँ उच्च कूटनीतिज्ञ वाङ यीसँग भेट गरेपछि चिनियाँ उपराजदूतको टिप्पणी आएको हो। पुटिनले रसियाले अमेरिकासँगको रसियाको एकमात्र बाँकी रहेको प्रमुख आणविक हतियार नियन्त्रण सन्धि न्यू स्टार्ट (नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि) मा सहभागिता नहुने घोषणा गरेका थिए ।

रुसी समाचार एजेन्सी तासका अनुसार रुसको संघीय परिषद् (संसदको माथिल्लो सदन) ले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) लाई निलम्बन गर्ने विधेयक सर्वसम्मतिले पारित गरेको छ। रुसी राष्ट्रपति पुटिनले पेश गरेपछि बुधबार संसदको तल्लो सदन स्टेट ड्युमामा उक्त विधेयक पारित भएको हो । तास का अनुसार, पुटिनले मात्र न्यू स्टार्ट सन्धिमा रूसको सहभागिता पुनर्स्थापित गर्ने निर्णय गर्न सक्छन्।

(एजेन्सीको सहयोगमा)

लेखक

सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img
- Advertisement -

ताजा समाचार

भारतको एमडिएच र एभरेष्ट मसालामा कीटनाशक पदार्थ भेटिएपछि प्रतिबन्ध, बढ्यो अन्तर्राष्ट्रिय चिन्ता

विश्वको पाक बजारमा बर्चश्व जमाउदै आएका भारतका दुई सबैभन्दा लोकप्रिय मसला ब्रान्डहरू, एमडिएच र एभरेष्ट स्वास्थ्य चिन्ताको कारण केहि...
- Advertisement -spot_img

अन्य समाचार

- Advertisement -spot_img