Friday, April 18, 2025
75.4 F
Washington DC.

यसरी ठगे भारतीय मूलका अमेरिकी युवकले – भयो ५१ महिनाको जेल सजाय

सम्बन्धित समाचार

भर्जिनिया टाईम्स
भर्जिनिया टाईम्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

साउथ क्यारोलिनामा २२ वर्षीय भारतीय मूलका अमेरिकी युवकलाई ५१ महिनाको जेल सजाय सुनाइएको छ । उनले भारतमा कल सेन्टर प्रयोग गरेर अमेरिकामा वृद्धवृद्धालाई पत्र पठाएर ठगी गर्ने षड्यन्त्र गरेको आरोप छ । अमेरिकी न्याय विभागले एक आधिकारिक विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।

दक्षिण क्यारोलिनाका जिल पटेल फेब्रुअरी २०२० देखि जुन २०२० सम्म भारतमा कल सेन्टरहरू प्रयोग गरेर वृद्धहरूलाई अनुचित रूपमा लक्षित गर्न अन्तर्राष्ट्रिय ठगीको षड्यन्त्रमा संलग्न थिए, अमेरिकी अटर्नीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ।

अदालतका कागजातहरूका अनुसार, यी कल सेन्टरहरूले प्रारम्भिक रूपमा प्राप्तकर्ताहरूसँग अत्यावश्यकताको भावना सिर्जना गर्न रेकर्ड गरिएको स्वचालित ‘रोबोकलहरू’ प्रयोग गरेर पीडितहरूलाई सम्पर्क गर्थे।

झीलले ठगी गिरोहको लागि कुरियरको रूपमा काम गर्दै वृद्ध व्यक्तिहरूलाई ठगि नगद लुटेको र लुटिएको नगदको आफ्नो भाग भारतको बाँकी कल सेन्टरहरूका अपरेटरहरूलाई पठाउने गरेको अटर्नीको कार्यालयले जनाएको छ ।

पीडितहरूसँग प्रारम्भिक सम्पर्क पछि, ठगीमा संलग्न भएकाहरूले आफूलाई सरकारी अधिकारीहरू जस्तै गुप्तचर (एफबीआई वा डीईए) एजेन्टको रूपमा प्रस्तुत गर्ने गरेका थिए । त्यसपछि उनीहरुले पीडितहरूलाई आफुले दिएको बैंक खातामा पैसा पठाउन भन्दै ठग्ने गर्दथे ।

जील पटेललाई भाविनकुमार सन्नी पटेलले कुरियरको काम लगाउने गरेका थिए। उसले अमेरिकाका धेरै राज्यहरूमा कुरियरको सञ्जाल बनाई १२० भन्दा बढी पीडितहरूलाई ३६ मिलियन अमेरिकी डलर भन्दा बढी ठगि गरेको थियो ।

रिचमण्ड, भर्जिनियाका २८ वर्षीय सन्नीलाई गत वर्ष ठगीको षड्यन्त्र गरेको आरोपमा १० वर्षको जेल सजाय सुनाइएको थियो। विज्ञप्तिमा भनिएको छ कि जिल पटेलले सन्नी पटेलको लागि काम गरेको छोटो चार महिनाको अवधिमा उसले १० विभिन्न पीडितहरूबाट १४ प्याकेजहरू प्राप्त गरेको वा पुन: प्राप्त गर्ने प्रयास गरेको थियो जसबाट कुल ४८५, ०२० अमेरिकी डलर ठगेको थियो । जील पटेलले बारम्बार घर पिकअपहरूमा पनि जानेगरेको थियो जसमा उसले मिशिगन र दक्षिण क्यारोलिनामा अवस्थित दुई फरक८० -वर्षीय पीडितहरूको घरमा गएर आफु डीईए अधिकारी भएको आडमा पीडितहरूबाट सीधै पैसा लिएको थियो ।

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

काठमाडौं उपत्यका र जाजरकोटमा फेरि भूकम्प: चीन सीमावर्ती डिंजे केन्द्रविन्दु, लगातार धक्का महसुस

आज बिहान काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...

अन्य समाचार

- Advertisement -spot_img