Friday, April 11, 2025
47.5 F
Washington DC.

चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ

सम्बन्धित समाचार

जिएनबी डेक्स
जिएनबी डेक्स
सत्य, तथ्य र स्वतन्त्र सामूदायिक डिजिटल मिडिया

चिनियाँ प्रहरीले वन्यजन्तु अपराधमा संलग्न भएको अभियोगमा ९० हजार जनालाई पक्राउ गरेको छ । एक जना सार्वजनिक सुरक्षा अधिकारीका अनुसार प्रहरीले सन् २०२० देखि २०२२ सम्म वन्यजन्तुसँग सम्बन्धित ७० हजारभन्दा बढी आपराधिक मुद्दाको अनुसन्धान गरेको छ भने सोही अवधिमा ९० हजार जनालाई सोही प्रकृतिको अपराधमा पक्राउ गरिएको हो ।

बितेका तीन वर्षमा १३ लाख सात हजार वन्यजन्तु तथा एक लाख ८० हजार किलोग्राम वन्यजन्तुजन्य वस्तु बरामद भएका सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गतको खाद्य तथा लागूऔषध अपराध अनुसन्धान विभागका प्रमुख ल्यु वुकिनले शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए । उक्त अवधिमा मन्त्रालयको अनुसन्धानमा रहेका सबै एक सय ५० मुद्दा निरूपण गरिएको जानकारी उनले दिए । यो “वन्यजन्तुसम्बन्धी अपराध अन्त्य गर्न दुई वर्षअघि देशव्यापीरूपमा थालिएको अभियानको परिणामको हो,” उनले सञ्चारकर्मी माझ भने ।

अभियानअन्तर्गत राष्ट्रिय निकुञ्ज, चिडियाखाना, सर्कस, पशुपालन र प्रचार क्षेत्रलाई लक्ष्य गरी अनुसन्धान गरिएको तथा त्यस क्रममा गैरकानुनीरूपमा पालिएका एक लाख २० हजारभन्दा बढी वन्यजन्तुलाई मुक्त गरिएको विभागले जनाएको छ । सिन्ह्वा

समाचार कस्तो लाग्यो ? प्रतिक्रिया दिनुहोस:
- Advertisement -spot_img

ताजा समाचार

सहकारी ठगी प्रकरणमा रबी लामिछानेलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रबी लामिछानेलाई सहकारी ठगी प्रकरणमा थुनामा पठाउने बुटवल उच्च अदालतको तुलसीपुर इजलासको...

अन्य समाचार

- Advertisement -spot_img